Butwal Today

जेनजी आन्दोलनमा १ लाख २० हजार मिटर प्रहरी पोशाक लुटपाट रआगजनी

१३ कार्तिक २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ, १३ कात्तिक।

जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीको ठूलो मात्रामा पोशाक हराएको छ ।

आन्दोलनको करिब डेढ महिनापछि डीआईजी दीपक रेग्मीको नेतृत्वमा गठित समितिले बुझाएको प्रतिवेदनमा पोशाकतर्फ ठूलो क्षति भएको उल्लेख छ । प्रतिवेदन अनुसार १ लाख २० हजार ६६१ मिटर प्रहरी पोशाक लुटपाट वा आगोले नष्ट भएको छ ।

हराएका पोशाकमा ट्राफिक पोशाक, सामान्य बर्दी र गर्भवती महिलाले प्रयोग गर्ने विशेष पोशाकसमेत रहेका छन् । तर कति पोशाक लुटिएको र कति जलेको भन्ने तथ्य खुलाइएको छैन ।

प्रतिवेदनमा गायब भएका पोशाकको आर्थिक मूल्यबारे पनि कुनै उल्लेख गरिएको छैन ।