© २०२३
काठमाडौँ ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेश्मलाल चौधरीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । चौधरीले घोषणा गरेको नयाँ पार्टी नागरिक उन्मुक्ति पार्टी नेपालको दर्ताका लागि आज बिहीबार निवेदन पेश गरिएको हो ।
उनले नयाँ पार्टीको चुनाव चिह्न ‘जाँतो’ प्रस्ताव गरिएको बताएका छन् । यसअघि चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको चुनाव चिह्न भने ढकिया थियो ।
चौधरीले भदौ २९ गते नयाँ पार्टी गठनको घोषणा गरेका थिए । यस अघि, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूलाई जानकारी नदिई पार्टीको केन्द्रीय समिति बैठक आह्वान गरेको भन्दै संरक्षक रेश्मलाल चौधरी रुष्ट भएका थिए ।