Butwal Today

वर्षाका कारण दाउन्ने सडकखण्ड अवरुद्ध

१३ कार्तिक २०८२, बिहीबार
अ+
अ-

बुटवल, १३ कार्तिक ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने भाग वर्षाका कारण अवरुद्ध भएको छ ।

सडक मर्मतका क्रममा एकतर्फी यातायात सञ्चालन हुँदै आएको उक्त खण्डमा आज बिहानदेखि परेको लगातार वर्षाले आवागमन पूर्ण रूपमा ठप्प पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले जानकारी दिए ।

उनका अनुसार विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलाको बीच भागमा सडक अत्यधिक हिलो र चिप्लो बनेपछि सवारीसाधन पश्चिमतर्फ जान सकिरहेका छैन्न । दाउन्ने खण्डमा मालवाहक सवारीसाधन उकालो चढ्न नसकेपछि यस खण्डमा जाम हुन नदिन प्रहरी खटिएको  छ  ।