© २०२३
काठमाडौँ, १३ कात्तिक ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बीपी राजमार्ग आज (कात्तिक १३) र भोलि राति दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । भारी वर्षाको सम्भावना रहेका कारण, राजमार्ग साँझ ५ बजेदेखि विहान ५ बजेसम्म बन्द रहने प्रशासनले जनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार, कात्तिक १३ देखि १५ गतेसम्म सो क्षेत्रमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको जनाइएको छ ।
सिन्धुली जिल्ला बाढी र पहिरोको उच्च जोखिममा रहेको हुँदा प्रशासनले वर्षा र बाढी पहिरोबाट सवारी साधन तथा यात्रुहरूलाई हुने सम्भावित मानवीय र भौतिक क्षति कम गर्न सो निर्णय गरेको जनाएको छ ।
उक्त अवधिमा बीपी राजमार्गको खुर्कोट बजार, सिन्धुली जिल्लाबाट काठमाडौं तर्फ जाने सवारी साधन आवागमनमा निषेध गरिएको छ । साथै, दिउँसोको समयमा भारी वर्षा भए सुरक्षा निकायले सुरक्षित स्थानमा सवारी साधन रोक्न सक्ने पनि प्रशासनले जनाएको छ ।
बीपी राजमार्ग र मध्यपहाडी राजमार्गमा सवारी साधन सञ्चालन गर्दा वर्षा भइरहेको अवस्थामा सवारी नचलाउन प्रशासनले सर्वसाधारणलाई अनुरोध गरेको छ ।