© 2026
काठमाडौँ ।
सरकार, राजनीतिक दल र जेनजीबीच तय भएको त्रिपक्षीय संवादमा १३ जना जेनजी प्रतिनिधि सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार सहभागी जेनजी प्रतिनिधिमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र राजन रानामगर रहेका छन् ।
प्रतिनिधिसभा निर्वाचनको वातावरण निर्माण गर्न सरकारले आज पहिलोपटक राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग वार्ता गरेको हो । त्रिपक्षीय छलफलका लागि जेनजी प्रतिनिधि र दलका नेताहरूलाई बालुवाटार बोलाइएको सचिवालयको भनाइ छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले निर्वाचनको माहोल निर्माणका लागि पहिलोपटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच संयुक्त बैठक आयोजना गरिएको जानकारी दिएका छन् । यसअघि कात्तिक ४ गते मात्र सरकार र राजनीतिक दलहरूबीच छलफल भएको थियो ।