ट्रेंडिंग:

>> बर्दिबासमा शपथ गराउन मैले नै दबाब दिएको हुँ : मुख्यमन्त्री यादव >> मधेस प्रदेशमा सरकार गठनविरुद्ध ७ दलका सांसदहरूको धर्ना >> मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त >> निर्वाचन नै निकासको मार्ग हुनसक्छ  >> ‘हायातपछि बुटवलमा रात्रिकालीन बजार’  >> बुद्धभूमिको बृजा तालमा स्टिमरको आकर्षण >> पृथ्वीचन्द्र अस्पतालमा करोड बढीको अनियमितता ! >> बुटवल कृषि उपजको लफडा लम्बिदैः वर्ष दिनदेखि प्रहरीको पहरामा बोलपत्र >> दिल्लीमा शक्तिशाली विस्फोट : मृतकको संख्या ९ पुग्यो, २४ जना घाइते >> एनपीएलका उद्घाटन र फाइनलसहित अधिकांश खेल फ्लडलाइटमा हुने >> नदी घाटहरूमा अवैध उत्खनन नियन्त्रण गर्न प्रहरीको नियमित गस्ती र निगरानी >> एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क >> नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त >> फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : ओली >> कतारको सडकमै स्याङ्जाका गुरुङको दुखद निधन >> एनपीएल सिजन–२ मा एनसेलको निरन्तर सहकार्य : ‘युनाइटेड बाइ क्रिकेट, कनेक्टेड बाइ एनसेल’ >> सिटिजन्स बैंक र एकता बुक्सबीच विशेष छुटको समझदारी >> जन्मदिनमा केक होइन, शैक्षिक सामग्री बाँडिन् बालगायिका एक्टिमा >> रामकुमारी र किसानसहितका नेताहरू एमालेमा फर्किए >> बुद्ध एयरका मालिकसहितको नयाँ दलले पायो निर्वाचन आयोगबाट प्रमाणपत्र >> सोमबार सेयर बजारमा गिरावट, कारोबार रकम ४ अर्ब ५१ करोडमा सीमित >> बुधबार भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै >> टमाटरमा भविष्य खोज्दै किसान >> सामाजिक हितमा रोटरी ‘प्लेटफर्म ’ >> सुत्केरी महिलाको मृत्युपछि भरतपुर अस्पताल तनावग्रस्त >> कपिलवस्तुमा बेपत्ता २ वर्षीया बालिका मृत फेला >> पथलैया–निजगढ सडकमा जंगली हात्तीको आक्रमण, ट्रक चालकको मृत्यु >> निर्माण व्यवसायीलाई भुक्तानीको चिन्ता >> कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ हुने सहमति, चुनाव चिन्ह बिजुलीको चिम >> मुख्यमन्त्री नियुक्ति विवादले उग्र रूप लिँदा कर्मचारीमाथि कुटपिट >> रास्वपाले समानुपातिक उम्मेदवारको लागि आवेदन शुल्क ५० हजार तोक्यो >> सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो >> एमालेले बोलायो विघटित संसदीय दलको बैठक >> ३५ सदस्यीय सचिवालय बनाउने तयारीमा नेपाली कम्युनिस्ट पार्टी >> सिके राउतको प्रस्ताव : मधेसलाई स्वायत्त प्रदेश घोषणा गरौँ >> नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेस भवन अगाडि टायर बाल्दै प्रदर्शन >> मधेसमा मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झन्डा फ्याँकियो >> बुटवलमा युनि कन्सल्ट्यान्स अलायन्सद्वारा शैक्षिक परामर्शदाता भेला >> मधेसमा एमाले, राप्रपा र संघीय समावादीबाट एक-एकजना मन्त्री नियुक्त >> मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त >> बढैयाताल गाउँपालिकामा २६ करोड बेरुजु : प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा रकम हिनामिना >> नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले लिए सन्यास >> आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै >> तिलोत्तमामा मङ्सिर १५ गतेदेखि औद्योगिक मेला हुने >> सामाजिक सञ्जालबाटै बढ्दो ठगी  >> सल्यानमा घरघर पुगेर स्क्रब टाइफसको जाँच >> भैरहवा विमानस्थल खाली भारतमा विमान ‘डाईर्भट’ >> खानेपानी योजनाको बजेट तानातानले सङ्घीयताभन्दा जेठा योजना अलपत्र >> दाङमा बिलबिजक नभएको कपडा बरामद  >> बुटवलमा ३ अर्ब ५० करोड लगानीको पाँचतारे होटल ‘ह्यात प्लेस’ सञ्चालनमा
विश्व पक्ष घात दिवस

सचेतनामा ढिलाइले बढाउँदै जोखिम

१२ कार्तिक २०८२, बुधबार
१२ कार्तिक २०८२, बुधबार

आज विश्व पक्ष घात दिवस ।

पक्षघातको जोखिमको विषयमा शिक्षित र स्वयं स्वास्थ्यकर्मीहरू समेत सचेत नभएको अवस्थामा रोगको विषयमा अन्जान र अशिक्षित मानिसहरूमा यसको दुष्प्रभावको असर कति हुन्छ भन्ने कुराको सहजै अनुमान गर्न सकिन्छ ।

स्वास्थ्यकर्मीहरूले समेत यो रोग र दिवसका विषयमा जानकारी नपाउनु दुःखद पक्ष हो । सरकारले प्रत्येक वर्ष अक्टोबर २९ का दिन विश्वभर पक्ष घात दिवस मनाउने गरेको छ । धेरै जोखिम, संवेदनशील र जटिल रोगको सूचीमा मुटु, मिर्गौला तथा क्यान्सरलाई लिने गरिएको छ ।

पछिल्लो समय यी रोगका बिरामीको सङ्ख्या वृद्धि भइरहेको छ । यी रोगका अतिरिक्त यो भन्दा पनि संवेदनशील र जटिल रोगको विषयमा धेरैलाई जानकारी भएर पनि लापरबाही गर्ने गरिएको अर्को रोग पक्ष घात हो ।

धेरै जटिल रोगका रूपमा लिइने पक्ष घात पछिल्लो समय मानव जीवनका लागि चुनौती बन्दै गएको छ । चिकित्सकहरूका अनुसार मस्तिष्कमा अक्सिजन तथा पोषक तत्त्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ ।

स्वास्थ्यकर्मीले यसलाई नै पक्ष घात भन्छन् । समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाको साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ । स्वास्थ्यकर्मीहरू समेत यस रोगका विषयमा जानकार रहे पनि अनभिज्ञता दर्शाउँछन अर्थात् लापरबाही गर्ने गरेको देखिएको छ ।

अबको दिनमा सरकारले मात्रै होइन, स्वास्थ्यकर्मीले समेत आम जनतालाई पक्षघातको जटिलता, जोखिम, उपचारको व्यवस्था आदि समग्र विषयमा जानकारीमूलक कार्यक्रम प्रवाह गर्नु जरुरी छ ।

यद्यपि नेपालका चिकित्सकहरूले पक्ष घात सङ्घ स्थापना गरेर यो रोगका विषयमा धेरथोर काम गर्ने प्रयास नगरेको होइनन् । तर अव यतिले मात्रै अव पुग्दैन । अझै धेरै गर्नुपर्ने आवश्यकता छ । किनभने अव सरकार, स्वास्थ्यकर्मी र आम नागरिकले पक्षघातको चुनौतीको पहाड फोर्नुपर्ने बेला आएको छ ।

सन् २०१७ मा स्थापना भएको सङ्घले नेपालमा पक्षघातको वर्तमान अवस्था र त्यसको उपचारका लागि गरिने उपायको खोजी गर्दै आएको छ ।
पक्ष घात पछिल्लो समय एकदमै जोखिम बन्दै गएको छ ।

चिकित्सकहरूले पक्ष घात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनुपरेको भन्दै सकेसम्म यो रोगबाट बच्न आग्रह गर्दै आएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा हरेक चार जनामा एक जनालाई र ६ सेकेन्डमा एक जनालाई पक्षघातको सम्भावना रहेको हुन्छ ।

पक्ष घात भएको अवस्थामा यसबाट बच्न एकदमै चुनौतीको विषय भएकोले यसबाट सजग हुनु नै सबैभन्दा उत्तम हो । विश्व स्वास्थ्य सङ्गठनले समेत पछिल्लो समय पक्षघातको गम्भीर अवस्थाप्रति चिन्ता जनाएको छ ।

अबको दिनमा नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा पक्षघातको दर बढी भएकाले सरकारले पनि जोखिम नियन्त्रणमा समयमै ध्यान दिनु जरुरी छ । नेपालमा अहिले पक्ष घात भएकामध्ये १० देखि १५ प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क स्वास्थ्य विभागले सार्वजनिक गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले उच्च रक्तचाप, मधुमेह, मोटोपन, धूम्रपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गडबड हुँदा पक्षघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहन अनुरोध गर्दै आएको छ । पक्ष घात नदेखिने रोग हो ।

आम नेपाली जनताले मुटु, मिर्गौला, फोक्सो र कलेजो तथा क्यान्सरलाई मात्रै रोग ठान्ने प्रवृत्ति छ । तर, पक्षघातको जोखिमको विषयमा धेरै जानकारी नभएको अवस्थामा भोलिको दिनमा यसबाट बच्ने उपाय र नियन्त्रणको खोजीतर्फ ध्यान दिनु आवश्यक छ ।

पक्ष घात दिवसकै अवसरमा नेपाल सरकार र स्वयं स्वास्थ्यकर्मीहरूले समेत आम जनतामाझ यसको जोखिमको विषयमा सचेतना फैलाउनेतर्फ ढिलाइ गर्नु हुँदैन । पक्ष घात पनि रोग हुन्छ र ?

भन्ने आम नेपाली मानसिकतामा परिवर्तन ल्याउन यसको जोखिम, उपचारमा ढिलाइ गर्दा उत्पन्न हुने असर र रोग नियन्त्रण तथा निराकरणको विषयमा सन्देश प्रवाह गर्नेतर्फ ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?