ट्रेंडिंग:

>> स्वर्गीय बच्छु राईको परिवारलाई एनसीसी कतारद्वारा आर्थिक सहयोग हस्तान्तरण >> भारतबाट ल्याएको अवैध चिनी बरामद  >> ब्रिनोजबाट ७ हजार बढीले लिए कान उपचारको सेवा >> बर्दिबासमा शपथ गराउन मैले नै दबाब दिएको हुँ : मुख्यमन्त्री यादव >> मधेस प्रदेशमा सरकार गठनविरुद्ध ७ दलका सांसदहरूको धर्ना >> मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त >> निर्वाचन नै निकासको मार्ग हुनसक्छ  >> ‘हायातपछि बुटवलमा रात्रिकालीन बजार’  >> बुद्धभूमिको बृजा तालमा स्टिमरको आकर्षण >> पृथ्वीचन्द्र अस्पतालमा करोड बढीको अनियमितता ! >> बुटवल कृषि उपजको लफडा लम्बिदैः वर्ष दिनदेखि प्रहरीको पहरामा बोलपत्र >> दिल्लीमा शक्तिशाली विस्फोट : मृतकको संख्या ९ पुग्यो, २४ जना घाइते >> एनपीएलका उद्घाटन र फाइनलसहित अधिकांश खेल फ्लडलाइटमा हुने >> नदी घाटहरूमा अवैध उत्खनन नियन्त्रण गर्न प्रहरीको नियमित गस्ती र निगरानी >> एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क >> नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त >> फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : ओली >> कतारको सडकमै स्याङ्जाका गुरुङको दुखद निधन >> एनपीएल सिजन–२ मा एनसेलको निरन्तर सहकार्य : ‘युनाइटेड बाइ क्रिकेट, कनेक्टेड बाइ एनसेल’ >> सिटिजन्स बैंक र एकता बुक्सबीच विशेष छुटको समझदारी >> जन्मदिनमा केक होइन, शैक्षिक सामग्री बाँडिन् बालगायिका एक्टिमा >> रामकुमारी र किसानसहितका नेताहरू एमालेमा फर्किए >> बुद्ध एयरका मालिकसहितको नयाँ दलले पायो निर्वाचन आयोगबाट प्रमाणपत्र >> सोमबार सेयर बजारमा गिरावट, कारोबार रकम ४ अर्ब ५१ करोडमा सीमित >> बुधबार भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै >> टमाटरमा भविष्य खोज्दै किसान >> सामाजिक हितमा रोटरी ‘प्लेटफर्म ’ >> सुत्केरी महिलाको मृत्युपछि भरतपुर अस्पताल तनावग्रस्त >> कपिलवस्तुमा बेपत्ता २ वर्षीया बालिका मृत फेला >> पथलैया–निजगढ सडकमा जंगली हात्तीको आक्रमण, ट्रक चालकको मृत्यु >> निर्माण व्यवसायीलाई भुक्तानीको चिन्ता >> कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ हुने सहमति, चुनाव चिन्ह बिजुलीको चिम >> मुख्यमन्त्री नियुक्ति विवादले उग्र रूप लिँदा कर्मचारीमाथि कुटपिट >> रास्वपाले समानुपातिक उम्मेदवारको लागि आवेदन शुल्क ५० हजार तोक्यो >> सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो >> एमालेले बोलायो विघटित संसदीय दलको बैठक >> ३५ सदस्यीय सचिवालय बनाउने तयारीमा नेपाली कम्युनिस्ट पार्टी >> सिके राउतको प्रस्ताव : मधेसलाई स्वायत्त प्रदेश घोषणा गरौँ >> नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेस भवन अगाडि टायर बाल्दै प्रदर्शन >> मधेसमा मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झन्डा फ्याँकियो >> बुटवलमा युनि कन्सल्ट्यान्स अलायन्सद्वारा शैक्षिक परामर्शदाता भेला >> मधेसमा एमाले, राप्रपा र संघीय समावादीबाट एक-एकजना मन्त्री नियुक्त >> मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त >> बढैयाताल गाउँपालिकामा २६ करोड बेरुजु : प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा रकम हिनामिना >> नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले लिए सन्यास >> आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै >> तिलोत्तमामा मङ्सिर १५ गतेदेखि औद्योगिक मेला हुने >> सामाजिक सञ्जालबाटै बढ्दो ठगी  >> सल्यानमा घरघर पुगेर स्क्रब टाइफसको जाँच >> भैरहवा विमानस्थल खाली भारतमा विमान ‘डाईर्भट’

पर्यटक आउने आसले साहसिक खेलमा करोडौँको लगानी 

१२ कार्तिक २०८२, बुधबार
१२ कार्तिक २०८२, बुधबार

गुल्मी, १२ कार्तिक ।

जिल्लामा पछिल्लो समयमा स्थानीय तहहरूमा जीपलाइन र स्काई साइक्लिङ खेलप्रतिको आकर्षण बढ्दै जान थालेको छ । जसका कारण स्थानीय युवादेखि पाका उमेर समूहसम्मका व्यक्तिहरूको यस खेलमा रुचि बढ्न थालेको हो ।

जिल्लामा स्थानीय पालिकाहरूले साहसिक खेलको रूपमा रहेको जिपलाइन र स्काई साइक्लिङ निर्माण गर्न लाखौँ रकम खर्चिन थालेका छन् ।  जिल्लामा पहिलो पटक छत्रकोट गाउँपालिकामा जीपलाईन निर्माण गरेको थियो ।

छत्रकोट गाउँपालिका –३ अन्तर्गत रहेका दुई वटा महत्त्वपुर्ण धार्मिक स्थल चोयँगाको छत्र देवालय मन्दिर र लुम्छाको भगवती मन्दिर जोड्ने गरी एक हजार ८० मिटर लामो जीपलाइन निर्माण गरिएको छ ।  छत्रकोट गाउँपालिकाले करिब एक वर्षदेखि जीपलाइन सञ्चालनमा ल्याएको छ ।

‘रुरु रेसुङ्गाको धार्मिक आस, छत्रकोटमा बसौँ बास’ भन्ने नाराका साथ छत्रकोटले पर्यटकीय स्थानहरूलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै लैजान थालेको छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

गाउँपालिका र लुम्बिनी प्रदेशको समपूरक ८६ लाख ७३ हजार एक सय ४४ रुपैयाँ लागतमा उक्त जिपलाइन निर्माण गरिएको हो ।
पछिल्लो पटक मदाने गाउँपालिकाले पनि जिपलाइन र स्काई साइक्लिङ निर्माण गरिसकेको छ ।

मदानेको वडा नम्बर ७ स्थित भनभनेको रोल्मा तिखेचुलीमा पर्यटन पूर्वाधार कार्यक्रम अन्तर्गत करिब तीन करोड लागतमा जीपलाइन र स्काई साइक्लिङसहित पर्यटकीय पूर्वाधार निर्माण गरिएको हो ।

सालझण्डी–ढोरपाटन सडक, मदनभण्डारी राजमार्ग र पहुँच मार्गको नजिकै पर्यटकीय क्षेत्रको रूपमा रहेको कङ्के देउरालीलाई समेत जोडेर पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको मदाने गाउँपालिका प्रमुख महेन्द्र बहादुर कुँवरले बताएका छन् ।

गुल्मी, अर्घाखाँची र प्युठानको सीमा नजिकै भनभनेको रोल्मा तिखेचुली पर्यटन क्षेत्रको रूपमा रहेका कारण जिपलाइन र स्काई साइक्लिङलाई व्यावसायिक रूपमा अघि बढाउन लागेको अध्यक्ष कुँवरले बताए । मदानेमा ७४ लाख २५ हजार २९२ रुपैयाँ लागतमा ३२० मिटर जिपलाइन र ९० मिटर डवल स्काई साइक्लिङ निर्माण गरिएको मदाने गाउँपालिका उपाध्यक्ष सरिता  खड्काले जानकारी दिएकी छन् ।

त्यसै गरी रेसुङ्गा नगरपालिकाले पनि धार्मिक एवं पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरा क्षेत्रमा एक करोड २५ लाख रुपैयाँको लागतमा जीपलाइन र स्काई साइक्लिङ निर्माणको काम अन्तिम चरणमा पुराएको छ ।

उक्त क्षेत्रमा ४२५ जिपलाइन र १८० मिटर स्काई साइक्लिङ निर्माणको काम अन्तिम चरणमा पुगिसकेको हुँदा अब चाँडै सेवा सुचारु गर्ने तयारी गरिरहेको रेसुङ्गा नगरपालिका प्रमुख खिल ध्वज पन्थीले बताएका छन् । जीपलाइन र स्काई साइक्लिङले धार्मिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्र रेसुङ्गासँगै जिल्लाको पर्यटन प्रवर्द्धनमा ठुलो सहयोग पुग्ने नगर प्रमुख पन्थीले बताए ।

रेसुङ्गा नगरपालिकाले सुरु गरेको ‘जाऊँ हिँड रेसुङ्गा’ अभियानलाई थप टेवा पुग्ने विश्वास गरिएको छ । रुरुक्षेत्र गाउँपालिकाले पनि स्याङ्जाको काल गण्डकी गाउँपालिकासँगको साझेदारीमा रिडीको देवदत्त पार्कबाट स्याङ्जाको हनुमानबाटीका जोड्ने गरी जीपलाइन निर्माणको लागि डिपिआर समेत तयार गरिसकेको जनाएको छ ।

जिल्लामा पछिल्लो समय स्थानीय पालिकाहरूले कृषि, पशुपालन र ग्रामीण पर्यटन क्षेत्रको माध्यमबाट आर्थिक समृद्धिको यात्रामा अघि बढ्ने जमर्कोमा जुट्न थालेका छन् ।

रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीका अनुसार अन्य पालिकामा गरिएको सञ्चालन प्रक्रिया हेर्दा पालिकामा आर्थिक भार मात्र पर्ने र एक्लै सञ्चालन गर्न नसक्ने अवस्था छ । आर्थिक भार कम गर्न निजी क्षेत्रले सञ्चालन गर्ने जिम्मा लिएर सम्झौता गरिसकेपछि मात्र ठेक्का प्रक्रियामा जान सकिने ज्ञवालीको भनाइ रहेको छ ।

जिपलाईनको कुल लागत एक करोड पाँच लाख ४९ हजार रुपैयाँ रहेको छ । जसको लम्बाई ५ सय ५० मिटर रहेको छ । पालिकाले त्यसका लागि आवश्यक समन्वय र सहकार्य रुरुक्षेत्र गर्ने गरी कार्य अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?