Butwal Today

प्रधानमन्त्री नियुक्ति र संसद् विघटनसम्बन्धी रिटको प्रारम्भिक सुनुवाइ सकियो

१२ कार्तिक २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथिको प्रारम्भिक सुनुवाइ सकिएको छ । आज बुधबार सुनुवाइमा १६ जना रिट निवेदकका तर्फबाट बहस भएको थियो ।

निवेदकहरूले सरकारलाई महत्त्वपूर्ण निर्णयमा रोक लगाउन अन्तरिम आदेश दिन माग गरेका छन् । इजलासले अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा आजै आदेश सुनाउनेछ। साथै, इजलासले विपक्षीसँग लिखित जवाफ माग्दै अन्तिम सुनुवाइका लागि पेसी तोक्नेछ ।

निवेदकहरूले एक हप्ताभित्रै लिखित जवाफ माग्दै सुनुवाइ निरन्तर अघि बढाउन माग गरेका छन् ।