© २०२३
काठमाडौं, १२ कात्तिक ।
नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले राजीनामा बुझाएका छन् ।
सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रानाभाटले आजै प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाएका छन् ।
आफूले पारिवारिक कामका कारणले राजीनामा दिएको उनले उल्लेख गरेका छन् । ‘पारिवारिक कामले राजीनामा दिएको हुँ । अरु त्यस्तो कुनै कारण छैन,’ रानाभाटले भने ।
प्रहरी प्रधान कार्यालयका स्रोतले भनेका छन् कि रानाभाटले आजै राजीनामा बुझाएका भए पनि त्यसको स्वीकृति हुन बाँकी छ । उनका बुझाएको राजीनामा प्रहरी प्रधान कार्यालयमार्फत आइजीपीले निर्णय गरी गृह मन्त्रालयमा पठाउनुपर्ने कानुनी व्यवस्था छ ।
उल्लेखनीय छ कि रानाभाट एसपीबाट एसएसपी बढुवा हुने बेलामा एक नम्बरमा नाम भए पनि बढुवाबाट छुटेका थिए ।