© २०२३
काठमाडौँ ।
सरकारले राष्ट्रिय सभा निर्वाचन मिति तय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
आगामी फागुन २० गते राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि सकिँदैछ। उक्त रिक्त पदपूर्तिका लागि एक महिनाअघिनै निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान छ ।