ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

पार्टी एकताबारे माधव नेपालको प्रतिवेदन : माओवादीको नाम नलिइ, एकताका सर्तहरू राखे

१२ कार्तिक २०८२, बुधबार
१२ कार्तिक २०८२, बुधबार

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वाम एकता आजको मुलुकको राजनीतिक आवश्यकता भएको बताएका छन् ।

बुधबार सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै उनले वामपन्थी शक्तिहरूबीच सहकार्य र एकताको दिशामा पार्टी निरन्तर अघि बढिरहेको बताएका छन् ।

अध्यक्ष नेपालले भनेका छन्, ‘हामीले पार्टी पुनर्गठनको पहिलो बैठकबाटै वामपन्थी शक्तिहरूबीच सहकार्यको भावना विकास गर्न र मोर्चा बनाएर काम गर्दै पार्टी एकताका आधारहरू निर्माण गर्नु आजको महत्वपूर्ण राजनीतिक कार्यभार हो भन्ने प्रस्ताव पारित गरेका थियौं ।’

उनका अनुसार, यही घोषित नीतिअनुसार नेकपा (एकीकृत समाजवादी) ले ‘समाजवादी मोर्चा’ निर्माणमा अग्रणी भूमिका खेलेको छ ।

उनले २०८१ चैत १५ गते भृकुटीमण्डपमा आयोजित प्रतिगमन विरोधी जनप्रदर्शनलाई त्यस मोर्चाको प्रभावकारी उपलब्धि भएको उदाहरणका रूपमा प्रस्तुत गरे ।

‘समाजवादी मोर्चाका गतिविधिहरू पर्याप्त नहुन सक्छन्, तर यसले महत्वपूर्ण भूमिका खेलेको छ,’ नेपालले भनेका छन् । ‘त्यसको महत्व विर्सनु हुँदैन ।’

वाम एकताको सम्बन्धमा नेपालले स्पष्ट भनेका छन्, ‘समाजवादी कार्यदिशा र कार्यक्रम अँगालेका क्रान्तकारी कम्युनिष्ट घटकबीच एकता आजको आवश्यकता हो । समाजवादी क्रान्ति सम्पन्न गर्न बलियो क्रान्तिकारी शक्तिको निर्माण आवश्यक छ, जुन केवल वाम एकताबाट सम्भव छ ।’

तर उनले जोड दिए, ‘स्पष्ट वैचारिक र संगठनात्मक आधारबिना पार्टी एकता हुन सक्दैन । नाम, मार्गदर्शक सिद्धान्त, रणनीतिक लक्ष्य, कार्यदिशा, र संगठनात्मक सिद्धान्तमा समानता आवश्यक छ । यी विषयमा एकरूपता भए मात्र एकता सम्भव हुन्छ ।’

‘यी सैद्धान्तिक र संगठनात्मक अवधारणामा सहमति राख्ने कम्युनिष्ट घटकसँग एकताको सम्भावना देखिएमा हामी नकारात्मक हुँदैनौं । बरु पहल गर्न हामी सधैं तयार रहनेछौं,’ नेपालले थपे ।

उनले एकताका लागि छलफल चलिरहेको माओवादी केन्द्रको नाम भने प्रतिवेदनमा उल्लेख गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?