© २०२३
काठमान्डौ, १२ कार्तिक ।
काठमान्डौ विश्वकै चौथो सबैभन्दा प्रदूषित सहरको सूचिमा परेको छ । वायु गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यूएयरका अनुसार बुधबार बिहान काठमाडौंको वायु प्रदूषण स्तर १६७ एक्यूआई मापन गरिएको हो । यो स्तर स्वास्थ्यका लागि हानिकारक श्रेणीमा पर्छ ।
आईक्यूएयरले सार्वजनिक गरेको तथ्यांकअनुसार, विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा पाकिस्तानको लाहोर परेको छ, जहाँ वायु प्रदूषण स्तर ४५८ एक्यूआई मापन गरिएको छ ।
दोस्रो स्थानमा भारतको राजधानी दिल्ली छ, जसको वायु प्रदूषण सूचकांक २२६ एक्यूआई पुगेको छ । त्यस्तै, तेस्रो स्थानमा चीनको बेइजिङ रहेको छ, जहाँ वायु प्रदूषण स्तर २१५ एक्यूआई मापन गरिएको छ ।
यसरी दक्षिण एशियाका सहरहरू लाहोर, दिल्ली र काठमाडौं विश्वकै अत्यधिक प्रदूषित सहरहरूमा पर्ने देखिएका छन्, जसले क्षेत्रीय वायु गुणस्तर सुधारका लागि तत्कालीन प्रभावकारी कदम आवश्यक रहेको संकेत गरेको छ ।
