Butwal Today

एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा ८१ नयाँ सदस्य थपिए

१२ कार्तिक २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी विस्तार भएको छ । बुधबार बसेको बैठकले केन्द्रीय कमिटीमा थप ८१ जनालाई समावेश गर्ने निर्णय गरेको हो ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमसहितका पक्षलाई समेट्दै केन्द्रीय सदस्य थप्ने प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको छ ।

सिता थापा, अमृत सागर बस्नेत, गिता सोडारी, यादव बस्नेत र सुस्मा राई जस्ता पार्टीभित्र क्रियाशील व्यक्तिहरूलाई केन्द्रीय सदस्य बनाइएको छ । त्यस्तै, वामदेव गौतमको नेतृत्वमा एकतामा आएका अन्य सदस्यहरूलाई पनि यसमा समेटिएको बताइएको छ ।

बिस्तारसँगै अब नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी ४२० सदस्यीय बनेको छ ।