ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

जेनजी आन्दोलनमा भएको क्षतिमा बीमा कम्पनीहरूद्वारा पौने ३ अर्ब भुक्तानी

१२ कार्तिक २०८२, बुधबार
१२ कार्तिक २०८२, बुधबार

काठमान्डौ, १२ कार्तिक ।

जेनजी आन्दोलनका क्रममा भएको क्षतिपूर्तिका दाबीमा बीमा कम्पनीहरूले हालसम्म करिब पौने ३ अर्ब अग्रिम भुक्तानी गरेका छन् । बीमा प्राधिकरणले आन्दोलनमा क्षति भएका बिमितलाई दाबी रकमको ५० प्रतिशतसम्म अग्रिम भुक्तानी गर्न निर्देशन दिएपछि बीमकहरूले सो रकम वितरण गरेका हुन् ।

२०७८ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडका कारण व्यवसाय, उद्योग र सवारीसाधनमा ठूलो क्षति पुगेको थियो । त्यसको क्षतिपूर्तिका लागि दाबी परेको रकमको आधासम्म अग्रिम भुक्तानी दिन सरकारले प्राधिकरणलाई निर्देशन दिएको थियो ।

सरकारको सो निर्देशनपछि प्राधिकरणले बीमा कम्पनीहरूलाई मूल्यांकन प्रक्रियासँगै बिमितलाई सहज बनाउन अग्रिम भुक्तानी गर्न आदेश दिएको थियो । सोही अनुसार कम्पनीहरूले हालसम्म २ अर्ब ७९ करोड ७४ लाख रुपैयाँ अग्रिम रूपमा वितरण गरेका छन् ।

तर प्राधिकरणका अनुसार हालसम्म २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँ बराबरको क्षतिपूर्ति दाबी परेको छ । यी दाबीमध्ये अग्रिम भुक्तानी १५ बीमा कम्पनीले मात्र गरेका छन् । सञ्चालनमा रहेका १८ निर्जीवन बीमा कम्पनीहरूमा जम्मा ३ हजार १ सय ८७ बिमितले दाबी दर्ता गराएका छन् । राष्ट्रिय बीमा कम्पनी, नेसनल इन्स्योरेन्स कम्पनी र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले भने हालसम्म कुनै अग्रिम भुक्तानी गरेका छैनन् ।

सबैभन्दा बढी अग्रिम भुक्तानी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गरेको छ — उक्त कम्पनीले १ अर्ब २८ करोड रुपैयाँ भुक्तानी गरेको प्राधिकरणले जनाएको छ । सो कम्पनीमा ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको दाबी परेको छ ।

त्यस्तै, द ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा ५ अर्ब २४ करोड रुपैयाँ बराबरको दाबी परेकोमा अग्रिम भुक्तानी १ करोड ६६ लाख रुपैयाँ मात्र गरिएको छ ।
बीमा शीर्षकअनुसार, हालसम्म दाबी परेको सम्पत्तिमध्ये ६७३ वटा सम्पत्ति बीमा, २ हजार २७० मोटर बीमा, १ सय ९२ इन्जिनियरिङ तथा ठेकेदार बीमा, १२ परिवहन बीमा र ४० अन्य बीमा गरी जम्मा ३ हजार १८७ दाबी परेको प्राधिकरणले जनाएको छ ।

सबैभन्दा बढी दाबी सम्पत्ति बीमा शीर्षकमा परेको छ — जसको कुल मूल्य करिब १९ अर्ब रुपैयाँभन्दा बढी रहेको छ । प्रदेशगत रूपमा हेर्दा, बागमती प्रदेशबाट सबैभन्दा बढी क्षतिपूर्तिको दाबी परेको छ ।

सो प्रदेशबाट मात्रै १७ अर्ब ६१ करोड रुपैयाँ बराबरको माग दाबी दर्ता भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?