Butwal Today

सोलुखुम्बुमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना

१२ कार्तिक २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

सोलुखुम्बुस्थित सगरमाथा आधार शिविर नजिकै लबुचेमा आज (बुधबार) बिहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार, लुक्ला-लबुचे (उद्धार उडानका लागि) गएको अल्टिच्युड एयरको नाइनएन-एएमएस हेलिकप्टर दुर्घटनामा परेको हो ।

हेलिकप्टरमा क्याप्टेन विवेक खड्का मात्र थिए । प्राधिकरणका सूचना अधिकारी भुलले पाइलट सकुशल रहेको जानकारी दिएका छन् ।

दुर्घटनाको कारण हाल खुलेको छैन । घटना सम्बन्धी अनुसन्धान जारी रहेको छ ।