ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा सेवाको फार्मेसी काउन्टर सात पु-याइयो, सेवाग्राहीलाई सहजता

११ कार्तिक २०८२, मंगलवार
११ कार्तिक २०८२, मंगलवार

बुटवल।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा लिनेहरूको संख्या तीव्र रूपमा बढेपछि फार्मेसी काउन्टर बिस्तार गरिएको छ । यसअघि दुईवटा काउन्टरबाट सेवा दिइँदै आएकोमा अहिले एकैपटक सातवटा काउन्टर सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य बीमा कार्यक्रमका लागि सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई पहिलो प्रस्थान बिन्दु (फर्स्ट एन्काउन्टर पोइन्ट)को रूपमा मान्यता दिएको कारण सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेको हो । भीड व्यवस्थापन र छिटो सेवा वितरणका लागि काउन्टर बिस्तार गरिएको अस्पतालका मेडिकल सुपेरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले जानकारी दिए ।
उनले भने, “फार्मेसी काउन्टरमा हुने लामो लाइन र भीड घटाउन सातवटा काउन्टर सञ्चालनमा ल्याइएको हो । यसले सेवाग्राहीलाई सहज र छिटो सेवा प्राप्त गर्न मद्दत पुर्‍याउनेछ ।”

अस्पतालका स्वास्थ्य बीमा शाखा प्रमुख दिपेन्द्र पौडेलका अनुसार बीमा कार्यक्रमअन्तर्गत दैनिक करिब १,२०० जना ओपीडी सेवाग्राही र करिब १०० जना आकस्मिक बिरामी सेवा लिन आउने गर्छन् । त्यस्तै, अस्पतालमा दैनिक ७० देखि ८० जना बिरामी भर्ना हुने गरेका छन् । फार्मेसी सेवाबाट मात्र दैनिक करिब १,५०० जना सेवाग्राही लाभान्वित हुने गरेको उनले बताए ।

गत आर्थिक वर्षमा अस्पतालमार्फत स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत करिब १ लाख ६० हजार जनाले सेवा लिएका थिए । सो अवधिमा अस्पतालले बीमा कार्यक्रममार्फत करिब ३५ करोड रुपैयाँ बराबरको उपचार सेवा उपलब्ध गराएको प्रमुख पौडेलले जानकारी दिए ।

फार्मेसी इन्चार्ज पदम खनालका अनुसार नयाँ सातवटा काउन्टर मंगलबारदेखि नै सञ्चालनमा आएका छन् । हालसम्म आठ जना कर्मचारीबाट सेवा दिइँदै आएकोमा काउन्टर विस्तारसँगै थप छ जना कर्मचारी परिचालन गर्ने तयारी भइरहेको उनले बताए ।
उनले भने, “अब सेवाग्राहीलाई लामो समय लाइनमा बस्नुपर्ने समस्या हट्नेछ । सेवा वितरण अझ व्यवस्थित र छरितो हुनेछ ।”

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सेवाको गुणस्तर र कार्यक्षमता सुधार गर्न निरन्तर प्रयास भइरहेको बताए । उनले भने, “फार्मेसी काउन्टर विस्तारले धेरै हदसम्म जनगुनासो कम गर्ने अपेक्षा गरिएको छ । नयाँ भवन निर्माण सम्पन्न नहुँदासम्म अस्थायी संरचना विस्तार गरेर भए पनि सेवा सहज बनाउने हाम्रो प्राथमिकता हो ।”

श्रेष्ठका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल हाल लुम्बिनी प्रदेश सरकारको गौरव आयोजनाका रूपमा १२ तले अत्याधुनिक भवन निर्माणमा जुटिरहेको छ । उक्त भवनमा आधुनिक संरचना, उपकरण र दक्ष जनशक्ति व्यवस्थापनसहितको सेवा प्रणाली लागू गरिने तयारी भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?