Butwal Today

जापानका पूर्वप्रधानमन्त्री आबे हत्याका आरोपीले भने ‘सबै कुरा सत्य हो’

११ कार्तिक २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या मुद्दा लागेका तात्सुया यामागामीले सोमबार अपराध स्वीकार गरेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार ४५ वर्षीय यामागामीले टोकियोको अदालतमा भने, ‘सबै कुरा सत्य हो ।’

यामागामीविरुद्ध हत्याका साथै बन्दुक नियन्त्रण कानुन उल्लंघनको अभियोग पनि लगाइएको छ । उनले सन् २०२२ मा नारा सहरमा राजनीतिक कार्यक्रममा जापानका पूर्वप्रधानमन्त्री आबेलाई घरमै बनाएको बन्दुकबाट गोली हानेका थिए ।

धेरैवटा गोली लागेका आबेको त्यही दिन अस्पतालमा मृत्यु भएको थियो ।