© २०२३
काठमान्डौ, ११ कार्तिक ।
नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलाको मूल्य २ लाख ३९ हजार ९०० रुपैयाँ रहेकोमा मंगलबार घटेर २ लाख ३७ हजार रुपैयाँ कायम भएको हो ।
महासंघका अनुसार मंगलबार १० ग्राम सुनको मूल्य २ लाख ३ हजार १९० रुपैयाँ निर्धारण गरिएको छ ।
सुनसँगै मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार तोलामा २ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ६० रुपैयाँले घटेर तोलामा २ हजार ९२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सुन र चाँदी दुबैको मूल्यमा आएको गिरावट अन्तर्राष्ट्रिय बजारमा देखिएको उतार–चढावसँग सम्बन्धित रहेको व्यवसायीहरूले बताएका छन् ।