ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

पूर्वी तराईमा मनाइने छठ पर्वको आकर्षण नेपालगञ्जमा हरेक वर्ष झन् बढ्दो

११ कार्तिक २०८२, मंगलवार
११ कार्तिक २०८२, मंगलवार

नेपालगञ्ज, ११ कात्तिक ।

आस्थाको उज्यालोले नेपालगञ्जको बागेश्वरी मन्दिर परिसर सोमवार झकिझकाउ बनेको छ । छठ पर्वको मुख्य दिन व्रतालुहरूले तलाउ किनारमा अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै पूजा आराधनामा तल्लीन भए । हजारौं भक्तजनको उपस्थितिले बागेश्वरी मन्दिरको तलाउ क्षेत्र श्रद्धा र भक्ति दुवै रंगले रङ्गिएको देखिन्थ्यो ।

सूर्य देवताको उपासना गर्दै मनाइने यो पवित्र पर्वको आकर्षण नेपालगञ्जमा हरेक वर्ष झन् बढ्दो छ । यस वर्ष पनि बागेश्वरी मन्दिरभित्रको तलाउ क्षेत्रलाई ‘छठीघाट’का रूपमा मनमोहक सजावट गरिएको छ—रङ्गीन बत्ती, टेण्ट, बाजागाजा, भजनमण्डली र स्वच्छ घाटले सम्पूर्ण वातावरणलाई दिव्य र भक्तिमय बनाएको छ । स्थानीय प्रशासन, मन्दिर व्यवस्थापन समिति र भक्त समूहहरूले संयुक्त रूपमा सुरक्षा, सरसफाइ र व्यवस्थापनका सबै तयारी मिलाएका थिए । भक्तजनहरूको भीडले साँझपख बागेश्वरी परिसरलाई उत्सवमय बन्यो ।

 चारदिने यो महान् पर्वको समापन भोलि मंगलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि हुनेछ । पहिले पूर्वी तराईमा मात्र मनाइने यो पर्व अहिले पश्चिम नेपालका शहर र गाउँहरूसम्म फैलिएको छ । नेपालगञ्जमा बसोबास गर्ने मधेशी समुदायसँगै अन्य जातजातिका श्रद्धालुहरूले पनि समान उत्साहका साथ छठ मनाउने परम्परा बढ्दै गएको छ ।

चार दिन सम्म विशेष विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन ‘नहाय–खाय’ अर्थात् नुहाएर चोखो खानाले सुरुवात हुन्छ। दोस्रो दिन ‘खरना’मा प्रसादस्वरूप खिर ग्रहण गरिन्छ । तेस्रो दिन अस्ताउँदो सूर्यलाई र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई व्रत समापन गरिन्छ ।

बागेश्वरीको छठीघाटमा मंगलबार दिउँसोदेखि नै महिला व्रतालुहरू तलाउमा डुबुल्की मार्दै आत्मशुद्धि गरिरहेका देखिन्थे । परम्परागत पोशाकमा सजिएका उनीहरूले काँसका ढकिया, टोकरी र माटाका मानासँग सूर्यदेवको आराधना गरे । धूप–दीप, फूल–फल र भजनसंगीतको मधुर धुनले बागेश्वरी मन्दिर परिसर साँझभरि नै आस्थाको उज्यालोमा चम्किएको थियो । विशेषतः सोमबारकै दिन छठ परेकाले नियमित हुने महा आरतीमा आज भक्तजनहरूको असाधारण भीड देखियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?