ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु
अस्ताउँदो सूर्यलाई अर्घ्य

साझा पर्व बन्यो ‘छठ’

११ कार्तिक २०८२, मंगलवार
११ कार्तिक २०८२, मंगलवार

कपिलवस्तु, ११ कार्तिक  ।

विगतमा पूर्वी मधेसका जिल्लामा मनाइने छठ पर्व पछिल्लो समय सबै समुदायको साझा पर्वको रूपमा विकास भएको छ । छठ पर्वलाई अहिले देशैभर राष्ट्रिय पर्वको रूपमा मनाउन थालिएको छ ।

कपिलवस्तु सहितका अन्य जिल्लामा मधेसी हिन्दु समुदायले मात्रै मनाउने छठ पर्व अहिले देशैभर अन्य समुदायले समेत उत्साहपूर्वक मनाउन थालेका छन् ।

देशैभर उत्साहपूर्वक मनाउन थालिएको छठ पर्व सबै समुदायको साझा पर्वको रूपमा मनाउन थालिएकोमा खुसी लागेको कपिलवस्तु नगरपालिका वडा नम्बर १ चौक बजारका सेवा निवृत्त प्रधानाध्यापक सूर्यनारायण कर्णले बताए ।

“आज भन्दा ४० वर्ष अघि पूर्वी मधेसमा पुर्खाेली थलो रहेका ४/५ परिवारले मात्रै छठ मनाउने गरेका थियौँ । पहिले सीमित ठाउँमा मनाउँथ्यौँ, अहिले जिल्लाभर सबै समुदायले उत्साहपूर्वक मनाउँछन् ।

छठ पर्व अहिले सबै समुदायको साझा पर्वको रूपमा विकास भएकोमा सार्है खुसी लागेको छ,” उनले भने । सुरुका वर्ष तौलिहवामा बाल मन्दिरको पोखरी हुँदै राष्ट्रिय वाणिज्य बैङ्क छेउको पोखरी, जमुवारको चपरतल्लाको जमुवारखोलाको छठ स्थल हुँदै अहिले बाणगंगा नदीको रामघाटमा छठ भव्य रूपमा मनाउने गरिएको उनले जानकारी दिए ।

छठ पूजामा छुवाछूत, ठूलो सानो, धनी, गरिब र वर्ग विभेदको विषय नहुने भएकाले यो पर्व साझा पर्वको रूपमा विकास भएको उनको ठम्याई छ । “छठ पर्व तराई देखि पहाड सम्मको सर्व स्वीकार्य र साझा पर्वको रूपमा देखिएको छ,” कर्णले भने ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको तथ्याङ्क अनुसार जिल्लाका सबै पालिकाका ६५ बढी स्थानमा छठ घाटको निर्माण गरी छठ पूजन गरिएको छ । सबै छठ पुजनस्थलमा सुरक्षाको प्रत्याभूतिका लागि सुरक्षाकर्मी खटाइएको छ । छठ पर्वको पहिलो दिन सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।

तौलिहवास्थित नगरपालिकाको वडा नम्बर ३ जमुवारको चपरतल्ला, बाणगंगा नदीको रामघाट, वर्गदीघाट, चन्द्रौटा, कृष्णनगरको सुरई नदी तथा ताल तलैयाहरूमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठ पूजा गरिएको छ ।

अर्घ्य दिनु अघि नदी किनारामा पूजा स्थल निर्माण गरी प्रशोधित सामग्री प्रयोग नभएका प्राकृतिक फलफूल र पकवानहरू पिठो र गुड बाट बन्ने ठकुवा, चामलको पिठो र गुडबाट बन्ने भुसुवा, मैदा र गुडबाट बन्ने खजुरी लगायतका पकवानका साथै उखु, नरिवल, मुला, मेवा, भान्टा, सलिफा, केरा, बेसार तथा रुखै सँगको अदुवा लगायतका सामग्री र फलफूलको प्रसाद राखी पूजा गरिएको थियो ।

सोमबार जिल्लाका विभिन्न स्थानमा रहेका खोला र तालहरूमा श्रद्धालुले साँझको अस्ताउँदो सूर्यलाई अर्घ दिने चलन रहेको छ । त्यसै गरी आज बिहानको उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व समापन गर्ने प्रचलन रहेको छ ।

आज श्रद्धालुले स्नान पश्चात् अस्ताउँदो सूर्य लाई अर्घ दिई दिन भर व्रतमा बसी रात भर भजनकिर्तन गरी जाग्राम बस्ने गर्दछन् ।  छठ पर्व साम्प्रदायिक सद्भावको साझा पर्वको रूपमा विकास भएको कपिलवस्तु नगरपालिका वडा नम्बर १ की सविता श्रेष्ठले बताइन ।

आफूहरू विगत २७ वर्ष देखि व्रत बसेर छठ पूजा गर्दै आएको उनले जानकारी दिइन । “श्रद्धापूर्वक गरिएको छठपुजनले सबैका मनोकामना पुरा हुन्छ । यो वर्ष आस्था र साम्प्रदायिक सद्भावको साझा पर्व बनेको छ,” उनले भनिन ।

२०५५ सालमा पहाडी समुदायबाट तौलिहवा सागरटोलकी स्वर्गीय सावित्री गुरुङले छठको व्रत र पूजा सुरु गरे सँगै यहाँका पहाडी समुदाय समेत सो पर्व सँग जोडिएको उनले जानकारी दिइन ।

“सानो समूहबाट सुरु भएको छठ पूजन अहिले आस्थाको मेलाको रूपमा विकसित भएको छ । यसले नयाँ पुस्तालाई संस्कार सिकाउनुका साथै धार्मिक पर्वकै कारण पुजनस्थलमा व्यापार प्रबद्र्धनमा समेत भूमिका खेलेको छ,” उनले थपिन ।

विगत ८ वर्ष यता छठको व्रत बसेर छठ पूजन गर्दै आएकी वडा नम्बर १ नयाँ टोलकी सम्झना कोइरालाले छट्ठी माताको पुजनले मनोकाङ्क्षा पुरा हुने बताइन ।

छठ पर्वमा बर्सेनि श्रद्धालुहरूको सङ्ख्या बढ्दै जानु खुसीको विषय भएको उनले बताइन । उता जिल्लाको मायादेवी वडा नम्बर १ सेमरामा छठपुजनस्थल निर्माण गरी छठ पूजा गर्दै गरेकी लुम्बिनी प्रदेशकी पूर्व राज्यमन्त्री सुस्मा यादवले छठ पर्व अब सबैको साझा पर्व बनेको भन्दै खुसी व्यक्त गरिन । छठ पर्व अब तराई मधेसको पर्व मात्रै नभएर देशकै पर्व भएको उनले बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?