© 2026
काठमाडौं, ११ कात्तिक ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले निर्वाचन आयोगमा दल दर्ता गर्ने निवेदन दिएको छ । पार्टीका नेताहरूले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ता गर्न आवेदन दिएका हुन् ।
दल दर्ताका लागि आयोगको कार्यालयमा सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, कर्णजित बुढा लगायतका नेताहरू पुगेका थिए ।