© २०२३
दाङ ,११ कात्तिक ।
दाङमा अवैध सालको काठ सहित एकजनालाइ प्रहरीले पक्राउ गरेको छ ।
राप्ती गाउँपालिका वडा नं. १ पुलचोक स्थित पूर्व- पश्चिम राजमार्गमा प्रहरी चेकिङ टोलीले कालाकाटेदेखि पाखा पानी तर्फ जाँदै गरेको गढवा गाउँपालिका वडा नं. १ कालाकाटेका ३९ वर्षको विकास घर्तिमगरले चलाएको रा १ त २१२१ नम्बरको ट्र्याक्टर रोकी चेकजाँच गर्ने क्रममा अवैध रूपमा ल्याइएको सालको चिरान काठ थान- १४ ( ३८.८७ क्युफिट ) अन्दाजी मूल्य रु.४८,५८७।- बराबरको काठ खरिद गरी ल्याउने दुईजनालाइ पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नं. १ पाखापानीका ४३ वर्षका डिल्लीराज गिरी र ट्याक्टर चालकलाई पक्राउ गरि उक्त ट्र्याक्टर र काठ सहित दुवै जनालाई आवश्यक कारबाहीका लागी डिभिजन कार्यालय लमही दाङ पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् ।