© २०२३
काठमाडौं, १० कात्तिक ।
नेकपा (एमाले) ले जेनजी आन्दोलनका क्रममा जलेको पार्टी मुख्यालय परिसरमै पाल टाँगेर कामकाज सुरु गरेको छ ।
भदौ २४ गते च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको थियो । त्यसपछि केही समयदेखि कार्यालय सञ्चालन ठप्प थियो ।
एमालेले आगामी मंसिर २७, २८ र २९ गते पोखरामा ११औं महाधिवेशन गर्ने तयारी गरेको छ । पार्टीका कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार अब पार्टीले पालमै बसेर महाधिवेशन तयारीसहितका नियमित कामहरू सुरु गरेको छ ।
‘अहिले कोशी सम्पर्क कार्यालय नजिकै पाल टाँगेर कार्यालय सञ्चालन गरेका छौं । यहीँबाट महाधिवेशनसँग सम्बन्धित कामहरू पनि अघि बढ्नेछन्,’ उनले बताए ।
अधिकारीका अनुसार जलेको कार्यालयमा अहिले मर्मत तथा पुनर्निर्माणको काम भइरहेको छ ।