ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

जेनजी आन्दोलनले पर्यटन क्षेत्र सुस्ताउँदा ‘मुस्ताङमा पर्यटकको चाप’

जेनजी आन्दोलनपछि सुरक्षाका कारण बाहिरी देशका पर्यटकले नेपाल भ्रमण रद्द गर्दा नेपालको धेरैजसो पर्यटन क्षेत्रका होटलहरूलाई भने खर्च धान्न मुस्किल परिरहेको छ ।
१० कार्तिक २०८२, सोमबार
१० कार्तिक २०८२, सोमबार

मुस्ताङ, १० कार्तिक ।

जेनजी आन्दोलनपछि नेपालमा पर्यटन क्षेत्र सुस्ताएको अवस्थामा हिमाली जिल्ला मुस्ताङमा भने पर्यटकको चाप बढेको छ । यो वर्ष युवाको जेनजी आन्दोलनले उत्पन्न परिस्थिति र प्रतिकूल मौसमका कारण यहाँका पर्यटन व्यवसाय खासै चलायमान हुँदैन भन्ने लख काटिएको थियो ।

पर्यटक मुस्ताङ घुम्न आए पनि विगतका वर्ष जस्तो खासै चहलपहल हुँदैन भन्ने यहाँका पर्यटन व्यवसायीले पूर्वानुमान गरेका थिए ।

देशको विषम परिस्थिति र सबै क्षेत्रको व्यवसाय धराशायी भइरहेको हुँदा नेपालीको कमाई नहुने र कमाई नहुने भएपछि घुमफिर गर्ने योजना पनि रोकिने बुझाई यहाँका पर्यटन व्यवसायीले गरेका थिए । तर, यहाँ पर्यटन व्यवसायीले गरेको पूर्वानुमान गलत साबित भइदियो ।

बिहीबार तिहारको भाइटिका सकिए लगत्तै शुक्रबार र शनिबार मुस्ताङमा पर्यटकको बाढी नै आयो, जुन आज बिहानसम्म कायमै छ । जुन यहाँका पर्यटन व्यवसायीले कल्पनासम्म पनि गरेका थिएनन् ।

यहाँ हिमताल र हिमनदी पग्लेर बाढी आएको थिएन, न त बर्खा यामको नियमित हुने भेल बाढी नै थियो । यो त मुस्ताङको सडक विकासले ल्याइदिएको पर्यटन क्षेत्रको नयाँ उभार थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले मुस्ताङ उपत्यकालाई घुम्नै पर्ने सूचीमा पारेपछि मुस्ताङको पर्यटन क्षेत्रमा नयाँ आयात नै थपिदियो । गत शुक्रबारदेखि राष्ट्रिय गौरवको निर्माणधीन (बेनी–जोमसोम–कोरला) सडक मार्गमा सवारीसाधनका लस्करले सडक मार्ग पूरै ढाकियो ।

म्याग्दी खण्डमा आधा जसो सडक कालोपत्रे भएको छ भने आधा जसो सडक कालोपत्रे छ । म्याग्दी र मुस्ताङको सिमाना घाँसादेखि मुक्तिनाथसम्मको सडकमा ९५ प्रतिशत सडक कालोपत्रे भइसकेको छ ।

कागबेनीदेखि कोरलानाकासम्मको सडक ग्राभेल भए पनि सवारीसाधनका लागि आवतजावतमा निकै सहज भइसकेको छ । म्याग्दी र मुस्ताङको सिमाना घाँसादेखि मुक्तिनाथसम्मको सडकमा ९५ प्रतिशत सडक कालोपत्रे भइसकेको छ ।

कागबेनीदेखि कोरलानाकासम्मको सडक ग्राभेल भएपनि सवारीसाधनका लागि आवतजावतमा निकै सहज भइसकेको छ । कोरला सडकको अधिकांश खोला, खोल्सीमा पुलपुलेसा निर्माण भइसकेकाले पोखरा–काठमाडौँलगायत सहरबाट मुस्ताङ आवतजावत गर्न कुनै समस्या छैन।

उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक मार्गको तीव्र गतिको विकासले पर्यटकको ध्यान मुस्ताङतर्फ केन्द्रित भइरहेको छ ।

बडादसैँ, चैतेदसैँ औँसी र महत्त्वपूर्ण चाडपर्वमा आन्तरिक पर्यटकका लागि घुमफिरको केन्द्र बनेको छ मुस्ताङ । तिहारको भाइटिका सकेर मुस्ताङ हानिएका पर्यटकको चापले यति बेला बेनी–जोमसोम सडक मार्ग र मुस्ताङको ट्राफिक व्यवस्थापन गर्नमा सुरक्षा निकायलाई निकै हम्मे हम्मे प¥यो ।

बेनी–जोमसोम सडक मार्गको म्याग्दी खण्डका केही स्थान र काभ्रेभिरलगायत सडकमा सवारीसाधनको लस्करले पर्यटकलाई गन्तव्यतर्फ प्रस्थान गर्न घण्टौँ समय लाग्यो ।

म्याग्दी र मुस्ताङको सिमाना प्रहरी चौकी घाँसामा मुस्ताङ भित्रिने सवारीसाधन र पर्यटक यात्रुको विवरण सङ्कलन गर्ने गरिन्छ । मुस्ताङ भित्रिएका सवारीसाधन र यात्रुको विवरण सङ्कलन गर्नमा त्यहाँ खटिएका प्रहरीहरूलाई निकै गाह्रो परेको छ ।

मुस्ताङ प्रहरीका अनुसार यो अहिलेसम्मकै ठुलो सङ्ख्यामा सीमित समयमा सवारीसाधन र यात्रु पर्यटक मुस्ताङ भित्रिएको दाबी गरिएको छ । भाइटिकापछि औसत आठ हजारको सङ्ख्यामा पर्यटक मुस्ताङ भित्रिएको बताइएको छ ।

बर्खा यामको भेल जस्तै मुस्ताङमा पर्यटक एकैसाथ ओइरिँदा पर्वतको कुस्मादेखि मुस्ताङको कोरलानाकासम्मका होटल पर्यटकले भरिभराउ भएका छन् । यहाँ आएका पर्यटकमध्ये ९९ प्रतिशत आन्तरिक र एक प्रतिशत विदेशी पर्यटक रहेका छन् ।

मुस्ताङ घुम्न आइपुगेका पर्यटक कतिपयले पहिल्यै होटल ‘बुकिङ’ गरेर आइपुगेका थिए भने कतिपय बुकिङ नगरी आफ्नै तरिकाले घुम्न आउँदा पर्यटन व्यवस्थापनमा समस्या र चुनौती देखापरेको मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजुप्रसाद लालचनले जानकारी दिए ।

अध्यक्ष लालचन तिहारपछि मुस्ताङका होटल बिहानैदेखि भरिभराउ भएकाले पर्यटकलाई बासस्थानको समस्या देखिएको बताए । त्यसो त मुस्ताङमा यतिका सङ्ख्यामा पर्यटक एकैसाथ ओइरिन्छन् भन्ने न त यहाँ आइपुगेका पर्यटकहरूले कल्पना गरेका थिए, न त यहाँका स्थानीय प्रशासन, प्रहरी, जनप्रतिनिधि र पर्यटनसँग सम्बद्ध सङ्घसंस्थाले नै कल्पना गरेका थिए । आखिर भइदियो त्यस्तै ।

तिहार सकेर मुस्ताङमा घुम्न र रमाइलो गर्न आएका कतिपय पर्यटकको बसाई सुखद रहेन । खल्तीमा पैसा भएर पनि यहाँ आइपुगेका पर्यटकहरू न राम्ररी सुत्ने बास सुविधा पाए, न त राम्ररी खान खाने सुविधा नै भयो ।

मन श्रेष्ठसहित चार जनाको टोली काठमान्डौँबाट मोटरसाइकलमा कोरला नाका जाने योजना बनाएर शनिबार जोमसोम आइपुगे । बिहान १० बजे जोमसोम आइपुगेका उनीहरू होटलमा कोठा खोज्न भौंतारिए । यतिन्जेलसम्म मुस्ताङका होटल पर्यटकहरूले खचाखच भरिएको थियो ।

जोमसोम, कागबेनी, मार्फालगायतका स्थानमा होटल खोज्दा समेत बास बस्ने होटलहरू भटिएन । मुस्ताङमा घुम्न र रमाउन आएका उनीहरूमा बास नपाउने देखिएपछि निरास बने । दुई/चार पैसा बढी तिरौँला बरु हामीलाई होटल खोजिदिनप¥यो भने स्थानीय पत्रकार मनिता थकालीसमक्ष अनुरोध गरे।

स्थानीय पत्रकार थकालीले होटल नपाएको र कहीँकतै खाली भएमा सूचना दिनुहोला भनी सामाजिक सञ्जालमा पोस्ट गरिएपछि एक सामान्य स्तरको होटलमा जसोतसो व्यवस्था मिलाइएको थियो ।

यसैगरी, पोखराबाट झन्डै ४० विद्यार्थी लिएर मुस्ताङ घुम्न आएको टोलीसमेत साँझ जोमसोममा बास नपाउँदा बिचल्लीमा पर्नुप¥यो । मुस्ताङमा होटलमा बास नपाएपछि कति पर्यटकले सवारीसाधनमा रात कटाएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी छिरिङ किप्पा लामाले तिहारपछि ठुलो सङ्ख्यामा पर्यटक मुस्ताङ ओइरिँदा होटल व्यवस्थापनमा समस्या परेको बताए । डिएसपी लामाका अनुसार ‘बुकिङ’ नगरी मुस्ताङ आएका पर्यटकले बास नपाउँदा यहाँका धर्मशाला, सामुदायिक भवन र होमस्टेलगायतमा लगेर राखिएको बताए ।

होटल बुकिङ नगरी उपल्लो मुस्ताङको भ्रमण गर्न गएका एक टोलीलाई लोमान्थाङस्थित आमा समूहको भवनमा लगेर राखिएको डिएसपी छिरिङ किप्पा लामाले जानकारी दिए ।

कोरला नाका अवलोकन गरी जोमसोम फर्किदै गरेको अर्को एक गाडी बीच माटोमै बिग्रिएपछि बिचल्लीमा परेका पर्यटकलाई छुसाङस्थित स्थानीयहरूको घरघरमा लगेर राखिएको डिएसपी लामाको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङ र यहाँका सरोकारवाला निकायले दसैँ, तिहार र छठ पर्वका बेलामा मुस्ताङ घुम्न आउँदा अनिवार्य होटल बुकिङ गरेर मात्रै आउन पर्यटकलाई सुझाएको छ ।

होटल बुकिङ नगरी आउँदा बास नपाइने र होटल र विचौलियाबाट ठगिन सक्ने भएकाले मुस्ताङ भ्रमण गर्दा होटल बुकिङ गरेर मात्रै यात्रा सहज हुने जनाएको छ । मुस्ताङमा पर्यटकको चाप बढेपछि यहाँका कतिपय होटल मनोमानी रूपमा खान र बस्नमा चर्को मूल्य लिएको गुनासोसमेत गरिएको छ ।

पर्यटकले मुस्ताङ महँगो भएको र व्यवसायीले पर्यटकलाई मनोमानी पैसा असुल्ने गरेको गुनासो लेखेर सामाजिक सञ्जालमा समेत सार्वजनिक गर्ने गरेको पाइएको छ । मुस्ताङ उद्योग वाणिज्य सङ्घले पर्यटकहरूलाई जथाभावी पैसा नलिन र उपयुक्त सेवा सुविधा र सुहाउँदो पैसा लिन समेत आग्रह गरेको छ ।

व्यवसाय एक पटकको मात्रै नभई सधैँका लागि भएकाले मुस्ताङको बदनाम हुने गरी व्यवसाय सञ्चालन नगर्न अनुरोध गरिएको छ ।

मुस्ताङमा सञ्चालित होटलहरूले आठ हजार पर्यटक थेग्न नसकिएपछि विषेश चाडपर्वका बेला वैकल्पिक व्यवस्था अपनाउनुपर्ने आवाज उठ्न थालेको छ ।

यहाँका गाउँगाउँमा समुदायको सामुदायिक भवन र सार्वजनिक भवन खाली हुने भएकाले पर्यटकलाई अप्ठ्यारो पर्दा त्यहाँ राख्ने व्यवस्था मिलाउनसकेमा पर्यटकलाई परेको पिरमर्का समाधान गर्न सकिने अवस्था रहेको सरोकारवालाहरूको भनाइ छ ।

पोखराबाट झन्डै ४० विद्यार्थी लिएर मुस्ताङ घुम्न आएको टोलीसमेत साँझ जोमसोममा बास नपाउँदा बिचल्लीमा पर्नुप¥यो । मुस्ताङमा होटलमा बास नपाएपछि कति पर्यटकले सवारीसाधनमा रात कटाएका थिए ।

मुस्ताङका पाँच स्थानीय तहमा साना ठूला गरी ३२५ वटा होटल सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । एक वर्षअघिको यो तथ्याङ्कमा केही नयाँ होटलहरू थपिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले बताएको छ।

यहाँको लोमान्थाङ गाउँपालिकामा २०, लोघेकर दामोदरकुण्डमा ३०, बारागाउँ मुक्तिक्षेत्रमा ६३, घरपझोङ गाउँपालिकामा १६३ र थासाङ गाउँपालिकामा ४९ वटा होटल सञ्चालनमा रहेका छन् ।

यहाँ सञ्चालनमा रहेका होटलमध्ये ९० प्रतिशत राजमार्गमा रहेको र १० प्रतिशत होटल राजमार्गभन्दा बाहिर रहेको जनाइएको छ । सामान्य अवस्था पर्यटक व्यवस्थापनमा खासै अप्ठ्यारो नपर्ने भए पनि मुख्य चाडपर्वमा यहाँका होटलको सङ्ख्या अपुग हुने भएकाले पर्यटकहरू मुस्ताङ भ्रमण गर्न आउँदा यहाँको वस्तुस्थिति बुझेर मात्रै आउन प्रहरीले अनुरोध गरेको छ ।

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा मुक्तिनाथ मन्दिरको दर्शन पहिलो प्राथमिकतामा पर्छ । यहाँ आइपुगेका पर्यटकहरूले मुक्तिनाथ मन्दिरको दर्शन गरी कोरला नाका, लोमान्थाङ दरबार, छोसेर गुफा, चिउँसी गुफा, चराङ गुम्बा, मराङ गुम्बा, कागबेनी, ढुम्बाताल र मार्फा गाउँको भ्रमण गर्ने गर्दछन् । यहाँ बर्सेनि आठ लाख बढी आन्तरिक र डेढ लाख बढी विदेशी पर्यटकले मुस्ताङको भ्रमण गर्ने गर्दछन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले तिहारको भाइटिकापछि मुस्ताङमा पर्यटकको चाप नरोकिएको जनाएको छ । म्याग्दी र मुस्ताङ सीमानामा पर्यटकको विवरण सङ्कलन गर्न तीन जना जनशक्ति खटिएको जनाएको छ ।

आइतबार पनि मुक्तिनाथमा दर्शनार्थीको सङ्ख्या बाक्लो रहेको त्यहाँ कार्यरत समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए । यहाँ दर्शन तथा स्वास्थ्य सुरक्षा र अन्य सुरक्षा व्यवस्थापनका आवश्यक जनशक्ति परिचालन भइरहेको बताए ।

दसैँ, तिहारलगायत चाडपर्वको लामो बिदाका अवसरमा स्कुल कलेजका विद्यार्थी, युवा तन्नेरी, कर्मचारी, बैङ्क तथा वित्तीय संस्था र चाडपर्व मनाउन स्वदेश फर्किएका नेपालीहरू मुस्ताङ घुम्न आएका बताइएको छ ।

मुस्ताङमा चिसो बढेकाले पर्यटक बिरामी परेर अस्पताल भर्ना हुनेको सङ्ख्या बढे पनि हालसम्म कसैको ज्यान नगएको मुस्ताङस्थित प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डन डा. समीक्षा कँडेलले जानकारी दिइन् । उनका अनुसार तिहारपछि करिब दुई हजार पर्यटकले अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?