ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

दुई वटा प्रणालीका कारण आज रातिदेखि वर्षा र हिमपातको सम्भावना

१० कार्तिक २०८२, सोमबार
१० कार्तिक २०८२, सोमबार

काठमाण्डाै –

जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि बुधवार बिहानसम्म वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

विभागले पोस्ट मनसुनसम्बन्धी विशेष मौसम बुलेटिन निकालेर पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण आउँदो दुई दिन मौसम प्रभावित हुने जानकारी गराएको हो ।

विभागका अनुसार गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा अत्यधिक हिमपात र सबैजसो प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा मध्यम खालको हिमपातको सम्भावना छ ।

अरब सागरमा बसेको प्रणालीको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँसहित बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा गराउने सम्भावना रहेको बुलेटिनमा भनिएको छ  ।

विभागले सम्भावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, पर्वतारोहण, कृषि र पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ । यसअघि पर्यटन विभागले हिमाली क्षेत्रमा पदयात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिसकेको छ भने मौसमविद्हरूले धानबाली काटेर खेतमा नछाड्न आग्रह गरेका छन् ।

मौसमविद्हरुका अनुसार अरब सागरमा बनेको न्यून चापीय प्रणालीले देशको पश्चिमी क्षेत्रमा बढी प्रभाव पार्छ । सँगै यही बेला बङ्गालको खाँडीमा पनि अर्को प्रणाली विकसित भइरहेको छ । ‘मोन्था साइक्लोन’ नाम दिइएको यो प्रणालीले नेपालको पूर्वी क्षेत्रमा बढी प्रभाव पार्नेछ ।

विभागले आधिकारिक रूपमा जानकारी गराइनसकेको बङ्गालको खाँडीमा विकसित प्रणालीले बुधवार वा बिहीवारदेखि शनिवारसम्म बढी प्रभाव देखाउने सम्भावना रहेको मौसमविद्हरू बताउँछन् ।

काठमाण्डौ उपत्यकासम्म वर्षा गराउने सम्भावना रहेको यो प्रणालीले पूर्व मधेश र कोशी प्रदशेमा मुसल्धारे वर्षा गराउने सम्भावना छ । पदयात्रा र धान भित्र्याउने किसानलाई असर पार्ने देखिए पनि वायु प्रदूषण कम गराउने, हिमालमा हिउँ पर्ने, जलस्रोतमा सहयोग पुग्ने र समग्रमा जमिनमा आद्रता कायम हुने भएकोले कृषिबालीमा फाइदा पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?