Butwal Today

बिरामीको मृत्युपछि किष्ट अस्पतालमा तनाव, प्रहरीसँग घम्साघम्सी

१० कार्तिक २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, १० कार्तिक ।

कात्तिक ७ गते किष्ट अस्पतालमा बिरामीको मृत्यु भएपछि तनावपूर्ण स्थिति सिर्जना भएको छ । मृतकका आफन्तहरूले प्रहरी घेरा तोड्दै अस्पतालमा तोडफोड गरेका छन् । प्रहरीले बल प्रयोग गरी भीड तितरबितर पारेको छ ।

अस्पतालको लापरबाहीका कारण गर्भवती महिलाको ज्यान गएको आफन्तहरूको आरोप छ । उनीहरूले अहिलेसम्म अस्पतालले संवादका लागि समेत पहल नगरेको बताएका छन् ।

आक्रोशित आफन्तहरूले हिजो पनि अस्पतालमा सामान्य तोडफोड गरेका थिए । स्थानीय प्रशासनले थप तनाव नियन्त्रणका लागि आवश्यक कदम चालिरहेको छ ।