ट्रेंडिंग:

>> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास

जेष्ठ नागरिकलाई हवाई छुटमा झुक्याइँदै, सामान्य भाडादर ५२ सय हुँदा छुट टिकट ६ हजार

१० कार्तिक २०८२, सोमबार
१० कार्तिक २०८२, सोमबार

बुटवल, १० कात्तिक ।

सरकारले हालै मात्र ज्येष्ठ नागरिकका लागि लागू गरेको हवाई भाडामा छुट योजनाले व्यवहारमा असन्तोष उत्पन्न गर्न थालेको छ । भैरहवामा ७६ वर्षीय अर्जुन ज्ञवालीले काठमाडौं जाने क्रममा बुद्ध एयरको छुट टिकट लिन अस्वीकार गरेपछि योजनाको प्रभावकारितामै प्रश्न उठेको छ ।

तिलोत्तमा–२, शंकरनगरका ज्ञवाली काठमाडौं जाने तयारीमा भैरहवा देवकोटा चोकस्थित बुद्धचोकको बुद्ध एयर काउन्टर पुगेका थिए । उनी त्यहाँ सरकारको घोषणा अनुसार ज्येष्ठ नागरिक छुट प्रयोग गर्न उत्साहित थिए । तर, काउन्टरमा पुगेपछि उनले पाएका प्रस्तावले उनी अचम्ममा परे ।

भैरहवा–काठमाडौं रुटको अधिकतम भाडा रु. ८ हजार ४६१ तोकिएको छ, जसमा भाडा रु. ४ हजार ७३०, इन्धन शुल्क रु. २ हजार ३१५, यात्रु सेवा शुल्क रु. ५०० र भ्याट रु. ९१५ समावेश छन् ।

ज्ञवालीलाई एयरलाइन्सका कर्मचारीले भने, “छुट भाडा केवल मूल भाडा (४,७३०) मा लागू हुन्छ र त्यो पनि ५० प्रतिशत मात्र हो ।” एयरलाइन्सका कर्मचारीले उनलाई एक उडानमा दुईजना जेष्ठ नागरिक सम्मका लागि मात्र छुट सुविधा लागू हुने जानकारी गराए । ज्ञवालीले भने–“यो जेष्ठ नागरिकलाई झुक्याउने खेलोम मात्रै रैछ, जेष्ठ नागरिकको सम्मान भन्दा पनि यो निर्णय जेष्ठ नागरिकका लागि अपमान गरे जस्तो भयो”–उनले भने ।

तर ज्येष्ठ नागरिक मध्ये ७० वर्ष भन्दा माथि उमेर समूहकालाई ५० प्रतिशत, ७५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई ७० प्रतिशत र ८० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई सरकारले तोकेको छुट दर ८० प्रतिशत हो ।

“५० प्रतिशत मात्रै छुट दिएर पनि अन्तिम टिकट ५,२०० भन्दा महँगो पर्छ भने त्यसको के अर्थ ?” उनले असन्तुष्ट हुँदै भने, “छुटको नाममा पनि नर्मल टिकटभन्दा महँगो परेपछि यस्तो सुविधा किन लिनु ?”

उनको हिसाबले छुट टिकटको कुल मूल्य करिब रु. ६,००० को हाराहारीमा आउँथ्यो, जबकि नर्मल टिकट (बिना छुट) केही सस्तो थियो । यस्तो उल्टो गणित देखेपछि उनले छुट टिकट लिन मानेनन् ।

यसबारेमा बुद्ध एयरका भैरहवा स्टेशन प्रमुख दर्शन घिमिरेले ८० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई मात्र छुट टिकटले फाइदा हुने विश्लेषण सुनाए । “५० प्रतिशत छुटको टिकट भैरहवा–बुटवल खण्डमा नर्मल टिकट (५२००) भन्दा महङ्गो पर्न जान्छ, यो पहाडी क्षेत्रमा यात्रा गर्ने जेष्ठ नागरिकहरुलाई लक्षित गरी लागू गरिएको हो”–उनले भने, “ज्येष्ठ नागरिक छुट योजनाको फाइदा ८० वर्षभन्दा माथिका यात्रुका लागि बढी हुन्छ । ८० वर्षमुनिका लागि छुट रकम न्यून हुने भएकाले कतिपय अवस्थामा नर्मल टिकट नै सस्तो पर्न सक्छ ।”

नेपाल नागरिक उड्डयन प्राधिकरणले कात्तिक २ गतेदेखि ज्येष्ठ नागरिकका लागि हवाई भाडामा छुट सुविधा लागू गरेको हो । तर, कार्यान्वयनको ढाँचा स्पष्ट नभएकै कारण धेरैजसो एयरलाइन्समा छुट गणनाको तरिकामा एकरूपता छैन ।

६ वर्षअघि, २०७६ सालमा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले नै ज्येष्ठ नागरिकका लागि हवाई भाडामा छुट दिने घोषणा गरेका थिए । त्यसका लागि कार्यदल समेत गठन गरिएको थियो, तर त्यसबेला निर्णय कागजमै सीमित रह्यो ।

अब लागू भएको योजनामा पनि स्पष्टता नहुँदा अर्जुन ज्ञवालीजस्ता धेरै जेष्ठ नागरिक “सुविधा” भन्दा “सस्तो नर्मल टिकट” रोज्न बाध्य भएका छन् ।

“ज्येष्ठ नागरिकको सम्मानका नाममा सस्तो टिकटको घोषणा भयो,” ज्ञवाली भन्छन्, “तर व्यवहारमा त्यो सम्मान झन्झन् महँगो सावित भइरहेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?