© २०२३
नवलपरासी, १० कार्तिक ।
नवलपरासी पश्चिम र पूर्वी क्षेत्रका विभिन्न स्थानहरूमा पछिल्ला दिनहरूमा दुर्लभ वन्यजन्तुहरूको उद्धार भएको छ।
विनयी त्रिवेणी गाउँपालिका–७, रानीनगर शाहीफनबाट करिब ९७ केजी तौल र ७ फिट लामो मगर गोही उद्धार गरिएको हो।
उद्धारपछि उक्त गोहीलाई मध्यवर्ती उपभोक्ता समूहको समन्वय र चितवन राष्ट्रिय निकुञ्जको रोहवरमा नारायणी नदीको सुरक्षित क्षेत्रमा सफलतापूर्वक पुनः स्थापना गरिएको उद्धारकर्मी दुर्गा लामिछानेले बताए ।
प्रत्येक वर्ष जसो नारायणी नदिबाट आउने विभिन्न वन्यजन्तुहरू फेला पर्ने गरेका छन् ।