Butwal Today

प्रधानमन्त्री कार्की कमलपोखरीमा छठ पूजामा सहभागी

१० कार्तिक २०८२, सोमबार
अ+
अ-

 काठमाडौं, १० कात्तिक ।

प्रधानमन्त्री सुशीला कार्की छठ पूजामा सहभागी भएकी छिन् । प्रधानमन्त्री कार्की कमलपोखरी पुगेर सूर्य र छठी माताको पूजा आराधना गरेकी छन् ।

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । यस पर्वको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ ।

अस्ताउँदो सूर्यलाई अर्घ दिने आजको मुख्य दिन सरकारद्वारा सार्वजनिक बिदा दिइएको छ । वर्तालुहरूले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने तयारी गर्नेछन् ।