ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

सद्भावको प्रतीक छठको शुभकामना

१० कार्तिक २०८२, सोमबार
१० कार्तिक २०८२, सोमबार

दसैँ र तिहारपछि आउने छठ आज धूमधामका साथ मनाईदैछ । छठ पहिले मिथिलाञ्चल अर्थात् मधेसको मात्रै पर्व मान्ने चलन थियो तर अहिले छठ साझा आस्थाको पर्व वनेको छ ।

के हिमाल, पहाड र तराई अनि के मधेस छठ सबै नेपालीको पर्व बन्दै गएको छ । यो खुसीको कुरा हो । नेपालका चाडपर्व, रीतिरिवाज र धर्म संस्कृति नेपाली सभ्यता र संस्कृतिका अमूल्य गहना हुन् ।

नेपालीको चाडपर्व नेपाली नेपालीबिचको एकताका प्रतीक पनि हुन् । यी चाडपर्वले धार्मिक सद्भाव बढाउन महत्त्वपूर्ण योगदान पु¥याएका छन् । त्यसै पनि नेपाल विविध जातजातिले भरिएको मुलुक हो ।

यहाँको जातीय विविधतालाई देशको सौन्दर्य र शक्तिका रूपमा लिन सकिन्छ । नेपाली मात्रको चाडपर्वले विभिन्न जातजातिलाई एकताको सूत्रमा बाँध्न सफल भएका छन् । चार दिनसम्म मनाइने छठको आज मुख्य दिन हो ।

आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर मंगलवार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ समापन हुन्छ । नेपाली मात्रको यी ऐतिहासिक पर्वहरू नेपालका साझा परम्परा र धरोहर हुन । छठले सबै नेपालीलाई जोड्न सक्नु यसको विशेषता पनि हो ।

त्यसो त दसैँ र तिहार पछिल्लो समय मुस्लिम समुदायले समेत मनाउन थालेका छन् । तराईका थारु समुदायमा दसैँ र तिहारमा टिका नलगाउने चलन थियो । अहिले टिका लगाएर थारु समुदायमा उल्लासको वातावरण हुने गरेको छ ।

यसरी हाम्रा चाडपर्वले के देखाएका छन् भने दसैँ, तिहार, नेपाल सम्बत र छठ साझा आस्थाका चाडपर्व बन्दै गएका छन् । यसले नेपाल र नेपालीलाई एकताको सूत्रमा बाँध्न सफल भएको छ ।

धार्मिक एकता, सहिष्णुता, सद्भाव र मेलमिलाप अभिवृद्धिमा यी धार्मिक पर्वले सहयोग पु¥याएका छन् । मुस्लिम समुदायका पर्वमा हिन्दु समुदायले एकाकार गरिरहेको देख्न पाइन्छ । मुस्लिम समुदायले दसैँ र तिहार धूमधामका साथ मनाउन थालेका छन् ।

विविध जातजाति तथा धार्मिक सम्प्रदायका मानिसहरूको बसोबास भएको नेपाललाई त्यही भएर पनि धार्मिक विविधताको देशका रूपमा परिभाषित गरिएको हो ।

चार दिनसम्म मनाइने छठ उत्सवमा सबै प्रदेशका नागरिकले उत्तिकै सद्भाव र उपस्थिति जनाउन थालेका छन् । सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता हो ।

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा छठ यस्तो पर्व हो– जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठ मनाउने गरिएको छ ।

महाभारतका अनुसार द्रौपदीसहित पाण्डव अज्ञात वासमा रहँदा उक्त गुप्ता बास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डव मिथिलाको किरात राजाका क्षेत्रमा बास बसेको उल्लेख छ ।

लोक कथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराण अनुसार सर्वप्रथम पत्नी अनुसुईयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र परि प्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुवात भएको तथ्य उल्लेख छ ।

लोक आस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा छठको महत्व बढ्दै गएको छ । सूर्य उपासना परम्पराको मोहक पद्दति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।

पछिल्लो समय सवैको आस्थाको पर्व वनेको छठ साझा पर्वका रूपमा विकसित हुनु हामी सवैको लागि खुसीको कुरा हो । अबको दिनमा छठलाई भब्यरूपमा मनाउन सरकारले समेत सहयोग गर्नु आवश्यक छ ।

आज छठको विशेष दिन भएकोले ब्रतालुहरूले साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर मंगलवार बिहान उदाउँदो सूर्यको दर्शन गरि अर्घ दिएपछि छठ सकिन्छ ।

जेहोस पछिल्लो समय हाम्रा चाडपर्वले कुनै एक धर्म सम्प्रदायको मात्रै प्रतिनिधित्व गर्दैनन्, बरु सबै चाडपर्व सबै नेपालीले मनाउने वातावरण तयार हुँदै गएको छ । हाम्रो चाडपर्वले धार्मिक एकता, सद्भाव र सहिष्णुता सम्मृद्धिमा सघाउ पु¥याएका छन् । फेरीपनि छठको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?