Butwal Today

सुनको मूल्य २ हजारले घट्यो, आज कति ?

१० कार्तिक २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, १० कार्तिक ।

देशको बजारमा आज सुन र चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेर २ लाख ३९ हजार ९०० रुपैयाँ पुगेको छ ।

हिजो सुनको मूल्य तोलामा २ लाख ४१ हजार ९०० रुपैयाँ निर्धारण गरिएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि आज घटेको महासङ्घले जनाएको छ । तोलामा ३५ रुपैयाँले घट्दै आज चाँदी २ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य तोलामा ३ हजार १५ रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावसँगै नेपालमा पनि सुनचाँदीको मूल्यमा लगातार परिवर्तन भइरहेको महासङ्घले जनाएको छ ।