© २०२३
काठमाडौँ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मलेसिया भ्रमण सम्पन्न गर्दै आफ्नो एशियाली कूटनीतिक यात्राको पहिलो चरण पूरा गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनी अहिले जापानतर्फ प्रस्थान गरेका छन् ।
ट्रम्पले भोलि जापानकी पहिलो महिला प्रधानमन्त्री सानाए ताकाइचीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सीएनएनले जनाएको छ ।
मलेसिया भ्रमणका क्रममा ट्रम्पले थाइल्यान्ड र क्याम्बोडियाबिच भएको शान्ति घोषणापत्रमा सहभागी भई हस्ताक्षर गरे । सो अवसरमा अमेरिकी पक्षले एशियाली मुलुकहरूसँग क्षेत्रीय स्थायित्व र सहकार्यबारे प्रतिबद्धता दोहोर्याएको जनाइएको छ ।
यससँगै, अमेरिकी व्यापार वार्ताकारहरूले चीनसँग व्यापार सम्झौताका लागि प्रारम्भिक रूपरेखा तयार गरेको पनि बताइएको छ । यसले ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच हुने आसन्न उच्चस्तरीय भेटअघि दुई देशबीचको तनाव घटाएको विश्लेषकहरूले बताएका छन् ।
व्यापार वार्ताका अतिरिक्त, ट्रम्पले राष्ट्रपति सीलाई रूसमाथि अमेरिकाको दबाब अभियानमा सहभागी हुन आग्रह गर्ने अपेक्षा गरिएको छ ।