Butwal Today

थाई एयर एसियाद्वारा भैरहवाबाट पुनः उडान सुरु

९ कार्तिक २०८२, आइतबार
अ+
अ-

बुटवल, ९ कार्तिक ।

थाई एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आज (आइतबार) देखि पुनः नियमित उडान सञ्चालन सुरु गरेको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार एयरलाइनले बैंकक–भैरहवा–बैंकक मार्गमा हप्तामा दुईपटक उडान गर्ने योजना बनाएको छ । कम्पनीले आइतबार र बुधबारका लागि नियमित उडान तालिका स्वीकृत गराएको छ ।

अहिले भैरहवामा नियमित उडान गर्ने कम्पनीमा थाई एयर एसिया एक्लो कम्पनी बनेको छ । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्सले समेत यहाँ नियमित उडान गर्न सकेका छैनन् ।