© २०२३
अमेरिका ।
अमेरिकन सोसाईटी अफ सिभिल ईन्जिनियर्सले प्रदान गर्ने ईन्जिनियर अफ द ईयर २०२५ सूर्य भण्डारी घोषित भएका छन् । लामो समयदेखि टेक्ससको डलासमा बस्दैं आएका उनी अमेरिकन सोसाईटी अफ सिभिल ईन्जिनियर्सको डलास शाखाले प्रदान गर्ने सो अवार्डवाट सम्मानित भएका हुन् । नेपाल चितवनको माडी निवासी भण्डारी नेपालमा रहँदा पनि ईन्जिनियरिङ पेशामै सक्रिय रहेका थिए । १५ वर्ष देखि टेक्ससमा बस्दैं आएका उनी एक प्रतिष्ठित पूर्वाधार निर्माण कम्पनीमा सहायक प्रबन्धकको रुपमा कार्यरत छन् ।
लायन्स ईन्टरनेशनलमा पनि सक्रिय उनी डलास एभरेष्ट लायन्स क्लबका पूर्व अध्यक्ष पनि हुन् । लायन अफ द ईयर २०२४ समेत भएका भण्डारी सामाजिक सेवामा पनि उत्तिकैं सत्रिय छन् ।
ईन्जिनियर अफ ईयर बनेका भण्डारी सोही संस्थाको प्रेसिडेन्ट इलेक्ट पनि चुनिएका छन् । यसैगरी, आउटस्ट्याण्डिङ स्टुडेन्ड अवार्ड निशा स्थापितले प्राप्त गरेकी छन् । उनले मास्टर अफ साईन्स ईन सिभिल ईन्जिनियरिङ गरेकी छन् ।
अमेरिकामा रहेका सिभिल ईन्जिनियरहरुको संस्थाले हरेक सिटीको पूर्वाधार निर्माणको कार्यमा महत्वपूर्ण भूमिका खेल्दैं आएको छ ।