Butwal Today

तिहार बिदा पछि खुलेको बजार नकारात्मक बाटोमा

९ कार्तिक २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, ९ कार्तिक ।

तिहार बिदा सकिएसँगै झण्डै एक सातापछि खुलेको शेयर बजारले कारोबारको पहिलो दिन नै बजारले गिरावटको बाटो समातेको छ । बजार खुलेको पहिलो आधा घण्टामै नेप्से परिसूचक २२ अंकले घटेर २४८१.८० अंकमा झरेको छ । यसअघि बजार परिसूचक २५०३.८५ अंकमा रहेको थियो ।

आइतबारको प्रारम्भिक कारोबारमा सबैभन्दा ठूलो गिरावट हायात होटलको शेयर मूल्यमा देखिएको छ । होटल सेवा बन्द गर्ने घोषणा सार्वजनिक भएलगत्तै यसको शेयर मूल्यमा तीव्र गिरावट आएको हो ।

आधा घण्टाको कारोबार अवधिसम्म हायात होटलको शेयर मूल्य ९.५५ प्रतिशतले घटेर प्रतिशेयर ७२० रुपैयाँमा झरेको छ ।