© 2026
अमेरिका ।
अमेरिकाको टेक्सस राज्यको फोटवर्थवाट राजधानी वासिङटन डिसीसम्म शान्तिका लागि पदयात्रा हुने भएको छ । ह्युङ डाओ विपश्यना केन्द्रको तत्वाधानमा भिक्षु पन्नाकराको नेतृत्वमा २४ जना भिक्षु पदयात्रामा निस्कने भएका हुन् ।
पन्नाकरा सो केन्द्रका उपाध्यक्ष समेत हुन् । करिव ३७ किलोमिटरको पदयात्रा अक्टुबर २६ वाट सुरु हुनेछ । राष्ट्रियता, एकता र करुणाको प्रवद्र्दन गर्दै अघि बढ्ने पदयाक्राका त्रममा विभिन्न राज्य र शहरमा रहेका गुम्बाहरुमा समेत अन्तरक्रिया गरिने उपाध्यक्ष पन्नाकराले पत्रकार सम्मेलनमा जानकारी दिए । पदयात्रा करिव १० राज्य भएर जाने बताउँदैं केन्द्रका प्रेस संयोजक डा. निरज बज्राचार्यले १ सय १० दिन लगाएर फेब्रुअरी १३ मा यात्रा समापन गरिने बताए ।
सो अवसरमा टेक्सस स्टेट हाउस अफ रिप्रेजेन्टेटिभ सलमान भोजनी अमेरिका सबैको साझा थलो भएको र यसैले पनि सबैका लागि अमेरिका सपनाको देश भएको बताए । उनले सबै धर्मालम्बीहरुले अपनत्वको अनुभूति गर्न सक्नुलेनैं अमेरिकालाई विशाल बनाउनेमा जोड गरे । भोजनीकै पहलमा टेक्सस हाउसले मे १५ लाई बुद्व(बेसाक) डे को रुपमा मनाउन थालेको छ भने लुम्बिनी डे समेत घोषणा गरेको छ । टेक्ससमा करिव ११ लाख बौद्व धर्मालम्बीहरु रहेका बताईन्छ ।