ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

दुर्गा प्रसाईं भन्छन्- भुंग्रोमा गएको नेपाललाई उठाएर न्यानो ठाउँमा लैजाऔं

९ कार्तिक २०८२, आइतबार
९ कार्तिक २०८२, आइतबार

काठमान्डौ, ९ कार्तिक ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ मार्फत् राजसंस्था पुनर्स्थापनाको पक्षमा सक्रिय रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू सुध्रिन तयार भएको बताएका छन् । उनले आवश्यक परे देश छोड्न पनि तयार रहेको स्पष्ट पारेका छन् ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले भने, “यदि तपाईंहरूले भन्नुभयो भने— ‘दुर्गा, तँ देश छोडेर जा, तेरो कारणले यो सबै बिग्रियो,’ म तयार छु । म जान्छु । मलाई लोभ छैन, केही चाहिँदैन ।”

सन् २०५७ सालदेखि नेकपा माओवादी हुँदै एमालेसम्मको राजनीतिक यात्राको स्मरण गर्दै उनले जानेर–नजानेर भएका गल्ती स्वीकार गर्दै अब देश हितका लागि सुधारिने प्रतिबद्धता जनाए ।
“ल, हिजो जे भयो—भयो । हामी बाटो बिर्सियौं, सबैले गल्ती ग¥र्यौं । अब त कम्तीमा देश जोगाउने बेला हो,” उनले भने, “नेपाल भुंग्रोमा गएको छ, त्यसलाई उठाएर न्यानो ठाउँमा लैजाऔं । मान्छेले न्यानोपन खोजिरहेको छ, त्यसका लागि सुध्रिनै पर्छ ।”

प्रसाईंले आफू ‘रेण्डम स्वभाव’को व्यक्ति भएको बताउँदै मुख्यधारका सञ्चारमाध्यमले कहिल्यै सकारात्मक समाचार नलेखेको गुनासो पनि गरे ।
“मेनस्ट्रिम मिडियाले मेरो राम्रो कहिल्यै लेखेन, सधैं नराम्रो लेख्यो,” उनले भने, “तपाईंहरूसँग लडेर यहाँसम्म आएको हुँ, जानेर होस् वा नजानेर, म यहाँ आएको नै हुँ ।”

गत चैत १५ गते राजसंस्था पुनर्स्थापनाको समर्थनमा प्रसाईंले काठमाडौंको तिनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि उनी भारत भागेका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरी नेपाल ल्याएको थियो । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालतले पछि जमानतमा रिहा गरेको थियो ।

हाल प्रसाईंले कात्तिक १५ पछि पुनः प्रदर्शन गर्ने घोषणा गरेका छन् । तर गृह मन्त्रालयले शान्ति–सुरक्षाको चिन्ता व्यक्त गर्दै प्रदर्शन नगर्न आग्रह गरेको र वार्ताका लागि उनलाई बोलाएको छ ।

गृह मन्त्रालयको सो आह्वानपछि पत्रकार सम्मेलनमा प्रसाईंले सरकारको कदमको स्वागत गर्दै भने, “वार्तामा बोलाएर जनताको आवाज सुन्न खोजिएको छ, यो सकारात्मक पहल हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?