Butwal Today

चार मन्त्रीको शपथ साढे २ बजे

९ कार्तिक २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, ९ कार्तिक ।

सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा नयाँ चार मन्त्री थपिने भएका छन् । नयाँ मन्त्रीहरूले आइतबार दिउँसो साढे २ बजे शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीका अनुसार उक्त समयमा राष्ट्रपति भवन, शीतल निवासमा शपथ कार्यक्रम सम्पन्न हुनेछ ।

प्रधानमन्त्री सुशीला कार्कीले खगेन्द्र सुनार, गणपतिलाल श्रेष्ठ, डा.सुधा शर्मा गौतम र बब्लु गुप्तालाई मन्त्री नियुक्त गर्ने निर्णय गरेकी हुन् । मन्त्रालय तोकिएकाअनुसार, डा. गौतम स्वास्थ्य तथा जनसङ्ख्या, सुनार श्रम तथा रोजगार, श्रेष्ठ भूमि व्यवस्था तथा गुप्ता युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।