Butwal Today

रामग्राममा अब विशाल बौद्ध विहार

९ कार्तिक २०८२, आइतबार
अ+
अ-

नवलपरासी, ०९ कार्तिक । 

भगवान् गौतम बुद्धको अष्ट धातु रहेको रामग्राम स्तूप र सङ्घराम क्षेत्रको बिचमा चिनियाँहरूद्वारा विशाल बौद्ध विहारको निर्माणले स्तूप क्षेत्रमा पर्यटकलाई आकर्षण थप्ने भएको छ ।

रामग्राम स्तूप रहेको देउरवा गाँव र संघाराम क्षेत्र रहेको देवगावको सीमा छुट्ट्याउने भलुहीखोला किनारमा उक्त विहार निर्माणले रामग्राम स्तूप र संघाराम क्षेत्रलाई समेत जोड्ने विश्वास गरिएको हो ।

नेपाल सरकारले खोजी पहिचान गरि तत्कालीन बौद्ध परम्परालाई पुनर्स्थापन गर्न नसकिरहेको अवस्थामा त्यसको महत्त्व बुझेर नै चिनियाँ संघसस्थाहरूले रामग्राम स्तूप (देउरवा) र संघाराम स्थान देवगावको साझा पहिचान बनाउन गरे काम गरेको हुन ।

आधुनिककालमा बौद्ध संस्कृति र परम्परालाई संरक्षण गरेका चिनिया यात्री फाईयाद र ह्वेगँसाँगको यात्रा वृत्तान्त नै बुद्ध स्थलको पहिचान गराउने आधार प्राचीनकाल देखीको हो । त्यसैको आधारमा नै नेपाल र भारतमा बौद्ध स्थलको खोजी कार्य सम्भव भएको हो ।

अहिले रामग्राम र र्संघारामलाई जोड्ने चिनिया बौद्ध विहार हुन सक्ने सोही वार्डका पूर्व वडाध्यक्ष शंकर हरिजनले बताए । चिनियाँ संस्थाले दुई बिघा भन्दा बढी जग्गा खरिद गरी भलुही नदी किनारमा बौद्ध विहार निर्माण गराउने कार्य गरिरहेको छ, उनले भने, भविष्यमा आउने चिनिया भिक्षुहरूले आफ्नै विहारमा बास बसेर आराम गर्न सक्ने वातावरण हुन्छ ।

प्राचीन कालमा संघाराममा आउने बौद्ध भिच्छुहरूलाई आराम गर्ने स्थललाई संघाराम भन्ने गरिन्थ्यो । प्राचीनकालमा स्तूपको उत्खनन गर्न आएका सम्राट् अशोकले स्तूप संरक्षण गर्दै पूजापाठ गर्दै आएका नागबंशीहरूको आग्रहमा स्तूप उत्खनन गरेनन्, बरु स्तूप क्षेत्र रहेको देउरवामा बौद्ध विहार र देवगावमा संघाराम निर्माण गर्न लगाएका थिए ।

विगत वर्षदेखि नै खोजीमा रामग्राम विकास कोषले अध्ययन अनुसन्धान कार्यमा लागेको छ । रामग्राम स्तूप नजिक र बौद्धकालीन प्राचीन सामग्रीहरू समेत फेला पर्ने स्तूप देखि पूर्वमा रहेको देवगाव नै संंघराम भएको अनुमान गर्दै अनुसन्धान थालिएको हो ।

बुद्धसँग सम्बन्धित महत्त्वपूर्ण स्थानमा एक सङ्घराम हुने बौद्ध परम्पराहरूमा भएको हुँदा बुद्धको अस्ति नै रहेको कोलिय राजाद्वारा निर्मित रामग्राम स्तूप नजिकैको वरिपरीमा सङ्घराम हुनुपर्ने हो ।

त्यसको खोजी कार्यलाई कोषले निरन्तरता दिइने क्रममा रामग्राम १७ देवगावको प्राचीन स्थल नै सङ्घराम हुने अनुमान गरी अनुसन्धान गर्न थालिएको कोषका सदस्य समेत रहेका पुरात्वका जानकार नारद यादवले बताएका थिए । सङ्घराम नजिकै ठुलो पोखरी, स–साना पोखरी तथा इनारहरू समेत सो क्षेत्रमा देखिएका छन् ।

बौद्ध भिक्षुहरूलाई विश्राम वा आराम गर्ने गरी बनाइएका प्राचीन आवासहरूको पर्खालहरू भेटिने गरेको छ ।  बौद्ध संस्कृति र इतिहास अनुसार सङ्घराम (संस्कृत: संघाराम संघाराम) ले “मठ“ लाई जनाउँछ ।

यो त्यो ठाउँ हो, यसको बगैँचा वा ग्रोभ सहित, जहाँ बौद्ध भिक्षु समुदायको सङ्घ बस्छ । तत्कालीन मगधको राजधानी पाटलिपुत्रमा रहेको कुक्कुटुर संघरामको एउटा प्रसिद्ध सङ्घराम थियो । दोस्रो शताब्दीको अशोकवादनका अनुसार, कुक्कुटुर सङ्घराम पछि नष्ट भयो र यसका भिक्षुहरूलाई मौर्य वंशका अन्तिम राजा वृहद्रथको हत्या पश्चात उनका सेनापति पुष्यमित्रले मारे ।

“त्यसपछि राजा पुष्यमित्रले चार गुणा सेना सज्जित गरे र बौद्ध धर्मलाई नष्ट गर्ने उद्देश्यले, उनी कुक्कुटराम गए । त्यसैले पुष्यमित्रले संघरामलाई नष्ट गरे, त्यहाँका भिक्षुहरूलाई मारेर गए ।

मौर्य बंशका आफ्ना राजा वृहद्रथको हत्याको प्रतिसोध पाटली पुत्रका प्रजाले लिन सक्ने खतरा महसुस गरेर पुष्प मित्र सुंघले आफ्नो राजधानी उज्जैनमा सारेका थिए । सम्भवतः तिनी पुष्पमित्रकै सेनाले रामग्रामको संघाग्राम भएको देवगावका भिक्षुलाई मारेर भगाएको हुन सक्ने अनुमान अधिवक्ता मनोज नागबंशीले गरेका छन् ।

उजैनबाट आउने सुँगका सेना रामग्राम स्तूप नजिकै बस्ने हुँदा नजिकै उजैनी गाउँ रहेको अनुमान गर्न सकिन्छ । स्तूप भएको गाउँ देउरवा हो, सङ्घराम भएको गाउ देवगाव हो । संघरामको पहिचान पछि अब बौद्ध भिच्छुको गतिविधि यहाँ पनि गरिने योजना सुनाएका थिए ।

बौद्धकालीन इतिहासमा संघरामको पनि ठुलो महत्त्व हुने गर्छ । बुद्धको इतिहाससँग जोडिने संघरामले मूल रूपमा सात बुद्ध र आठ बोधिसत्व महान् धारणी मन्त्र सूत्रमा धर्मका अठार पवित्र रक्षकहरूलाई उल्लेख गरेको थियो ।

संघरामको उपयुक्त स्थान नहुदा स्तुपमा आउने बौद्ध भिच्छुहरूलाई कुनै उचित स्थानमा भोजनदान पनि गराउन सक्ने अवस्था भेटिदैन् । रामग्राम स्तुपमा स्वम् भगवान् बुद्धको अस्तुधातु अवस्थित छ । यो अध्यात्मिक अभ्यासकै लागि छ ।

बौद्ध दर्शनका अनुसार भगवानको महापरिनिर्वाण पश्चात धातु वितरण गरी बनेका स्तूप मध्ये यो रामग्राम स्तूप मात्रै आफ्नो मौलिक अवस्थामा अवस्थित छ, र आर्को देवलोकमा अवस्थित छ ।  पृथ्वीबासी तथा बुद्धप्रति श्रद्धा राख्नेका लागि यो रामग्राम स्तूप क्षेत्र दुर्लभ स्थान हो ।

विश्वसम्पदा सुचीको प्रक्रियामा रहेको रामग्राम स्तूप क्षेत्रमा काम गर्नका लागि युनेस्को र पुरातत्त्व विभागसँग मिलेर थप काम गर्दै अगाडी बढने रामग्राम विकास कोषको लक्ष्य रहेको छ । सन १८९६ मा लुम्बिनी पत्ता लाग्यो ।

त्यसको लगत्तै २ बर्ष पछि डा.डब्लु होयले सन १८९८ मा रामग्राम स्तूपको पत्ता लगाए ।भगवान् बुद्धको महापरिनिर्वाण पश्चात उनको अस्तुलाई आफ्नो भागमा पाउने मावली तर्फका कोलिय राजाहरूले ल्याएर रामग्राम स्तूपको रूपमा स्थापना गरेका थिए । जुन अध्यात्मिक, पुरातात्विक, ऐतिहासिक र धार्मिक स्थल रामग्राम स्तुपाको रूपमा सुरक्षित रहेको छ ।