Butwal Today

विश्वकप लिग–२ मा नेपालसँग खेल्ने अमेरिकी टोली घोषणा

८ कार्तिक २०८२, शनिबार
अ+
अ-

काठमान्डौ, ८ कार्तिक ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा सहभागी अमेरिकाको टोली घोषणा गरिएको छ । यूएस क्रिकेटले मोनाक पटेलको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो ।

लिग–२ प्रतियोगिता भोलिदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु हुँदैछ । प्रतियोगितामा नेपाल, अमेरिका र घरेलु टोली यूएई सहभागी छन् । तीनै टोलीले एकअर्कासँग समान दुई खेल खेल्ने छन् ।

उद्घाटन खेल भोलि (आइतबार) नेपाल र अमेरिकाबीच हुनेछ, जसको सुरुवात दुबई अन्तर्राष्ट्रिय रंगशालामा बिहान सवा ११ बजे हुनेछ ।

यसअघि नेपालले रोहित पौडेलको कप्तानीमा र यूएईले राहुल चोपडाको नेतृत्वमा आफ्नो टोली घोषणा गरिसकेका छन् ।

लिग–२ को ८ टोली सम्मिलित अंकतालिकामा नेपाल १६ खेलबाट १२ अंकसहित सातौं स्थानमा छ भने अमेरिका २० खेलमा २८ अंकका साथ दोस्रो स्थानमा रहेको छ । यस्तै यूएई १६ खेलबाट ६ अंकसहित तालिकाको पुछारमा छ ।

यस्तो छ अमेरिकी टोली–

मोनाक पटेल ९कप्तान०, जेसी सिंह, सौरभ नेत्रावलकर, रुशिल उगरकर, नोस्थुश केन्जिगे, मिलिन्द कुमार, स्मित पटेल, शायन जहान्गिर, जुआनोय ड्रिसडेल, सञ्जय कृष्णमूर्ति, हरमित सिंह, यासिर मोहम्मद, साइतेजा मुक्कामल्ला, शुभम रञ्जने र एन्ड्रिज गौस ।