© २०२३
काठमाडौँ ।
नेकपा (एमाले)को केन्द्रीय कार्यालय अहिले त्रिपाल टाँगेर सञ्चालनमा ल्याइएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको कार्यालय शनिबारदेखि अस्थायी रूपमा पुनः सञ्चालन गरिएको हो ।
एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले कार्यालयको कामकारबाही त्रिपालमुनि नै सुरु गरिएको जानकारी दिएका छन् । ‘पालमुनि हामी । नेकपा (एमाले)को केन्द्रीय कार्यालय सुचारू भएको छ,’ उनले आफ्नो फेसबुकमार्फत लेखेका छन् ।
चमेना गृहको अगाडिको भागमा त्रिपाल टाँगिएको छ । यहीँबाट अब कार्यालयको नियमित कामकारबाही सञ्चालन हुने रिजालको भनाइ छ । उनका अनुसार आइतबारदेखि चमेना गृह पनि सञ्चालनमा आउनेछ ।
जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको पार्टी कार्यालयको मर्मत कार्य पनि सुरु भएको एमालेले जनाएको छ ।