Butwal Today

माइतीघर कुनै एक पक्षको नभई सबैको आवाज उठाउने थलो हो – शंकर पोखरेल

८ कार्तिक २०८२, शनिबार
अ+
अ-

काठमान्डौ, ८ कार्तिक ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले माइतीघर मण्डलालाई एक पक्षीय रूपमा प्रयोग गरिएको आरोप लगाएका छन् । उनले जनआवाज अभिव्यक्त गर्ने, राज्यप्रति असन्तुष्टि प्रकट गर्ने र फरक मत राख्ने सबै नागरिकको साझा स्थानको रूपमा रहेको माइतीघर मण्डलालाई अब केही व्यक्तिहरूको स्वार्थमा सीमित पारिएको दाबी गरेका हुन् ।

उनले काठमाडौं महानगरका मेयर बालेन साह, हामी नेपालका संयोजक सुदन गुरुङ र गृहमन्त्री ओमप्रकाश अर्यालका समर्थकले मात्र माइतीघर मण्डलालाई प्रदर्शनस्थल बनाएको बताएका छन् ।

उनले भनेका छन्, “माइतीघर मण्डला सबैको आवाज उठाउने थलो हो, कुनै एक पक्षका लागि मात्रै होइन । अन्यलाई त्यहाँ अभिव्यक्ति दिन नदिनु कानुनी सिद्धान्त र अभिव्यक्ति स्वतन्त्रताको उपहास हो ।”

सामाजिक सञ्जालमार्फत धारणा व्यक्त गर्दै महासचिव पोखरेलले माइतीघर मण्डलाको साझा पहिचानलाई राजनीतिक रूपमा विभाजित गर्न खोजिनु लोकतान्त्रिक मूल्य र सहिष्णुतामाथिको आक्रमण भएको टिप्पणी गरेका छन् ।