© २०२३
काठमान्डौ, ८ कार्तिक ।
अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी र उनको टिम अब भारत नआउने भएका छन् ।
१७ नोभेम्बरमा केरलको कोच्चीस्थित जवाहरलाल नेहरू स्टेडियममा आयोजना हुने भनिएको मैत्रिपूर्ण खेल अन्तिम समयमा रद्द गरिएको हो ।
अर्जेन्टिना फुटबल संघसँग समन्वयमा तयारी हुँदै आएको उक्त खेल रद्द भएको जानकारी खेलका प्रायोजक रिपोर्टर ब्रडकास्टिङ कम्पनी का प्रबन्ध निर्देशक एन्टो अगस्टिनले सामाजिक सञ्जालमार्फत दिएका हुन् ।
उनका अनुसार प्रतियोगिताका लागि फिफाबाट अनुमति प्राप्त गर्न ढिलाइ भएकाले खेल स्थगित गर्नुपरेको हो । अगस्टिनले भने, “फिफाको अनुमतिमा ढिलाइ भएकाले खेल रद्द गर्ने निर्णय लिइएको हो ।”
बीबीसीका अनुसार, यसअघि केरलका खेल मन्त्रीले अर्जेन्टिना र भारतबीचको मैत्रिपूर्ण खेल हुने घोषणा गरेका थिए । तर, फिफाको स्वीकृति नआएपछि मेस्सीको भारत भ्रमण र खेल दुबै स्थगित भएका छन् ।