ट्रेंडिंग:

>> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति 

मिथिलामा छठ पर्वको सुरुवात, आज ‘नहाय–खाए’ विधिले प्रारम्भ

८ कार्तिक २०८२, शनिबार
८ कार्तिक २०८२, शनिबार

काठमाडौँ, ८ कात्तिक ।

मिथिलामा आजदेखि छठ पर्व औपचारिक रूपमा सुरु, जनकपुरका घाटहरूमा सजावटको रौनक

मिथिलामा आजदेखि औपचारिक रूपमा चारदिने छठ पर्व सुरु भएको छ । मिथिलाको सबैभन्दा ठूलो पर्व मानिने छठका लागि जनकपुरधामका विभिन्न घाटहरू अहिले पूजाका तयारी र सजावटमा व्यस्त छन् ।

जनकपुरका गङ्गासागर, अरगजासर, दशरथ तलाउ, धनुषसागर, मटकोरवा पोखरीलगायतका घाटहरूमा अहिले सफाइ, पण्डाल निर्माण र बत्ती सजावटको काम अन्तिम चरणमा पुगेको छ ।

गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताका अनुसार यस वर्ष पनि विगतका वर्षहरूझैँ गङ्गासागरको आधा भागमा आकर्षक सजावट गरिएको छ । उनका अनुसार घाटमा सरसफाइदेखि सजावटसम्म विगतका वर्षभन्दा अझ राम्रो व्यवस्था मिलाइएको छ । छठ पूजाका लागि यस वर्ष प्रतिअघ्र्य ६ सय रुपैयाँ शुल्क तोकिएको छ ।

उनले भने, “सबैले शुल्क तिर्नुपर्छ भन्ने होइन, जसले तिर्दैनन्, उनीहरूले पनि यहाँ अघ्र्य राख्न पाउँछन् । श्रद्धालु भक्तजनबाट संकलित रकमले सजावट र व्यवस्थापनको खर्च निस्कन्छ ।”

गङ्गासागरमा हाल पण्डाल टाँग्ने काम अन्तिम चरणमा पुगेको छ भने झिलिमिली बत्ती टाँग्ने तयारी भइरहेको छ । त्यहाँ तीनवटा समितिहरूले मिलेर सजावटको काम गरिरहेका छन् ।

यस्तै, अरगजासर पोखरीमा छठ घाट निर्माण र सजावटको जिम्मा लिएका समितिका सचिव वीरेन्द्र कर्णका अनुसार दसैँ सकिएलगत्तै तयारी सुरु गरिएको हो । उनले अहिले सफाइ र सजावटको काम तीव्र गतिमा भइरहेको जानकारी दिए । यो पोखरीमा हिन्दू मात्र नभई मुस्लिम समुदायका श्रद्धालुहरूले पनि छठ पूजा गर्ने परम्परा रहेको छ ।

सुरक्षा व्यवस्थाका लागि प्रहरीसँग पनि समन्वय गरिएको छ । अरगजासर पोखरीमा यस वर्ष करिब पाँच हजारभन्दा बढी अघ्र्य रहने अनुमान गरिएको छ ।

मिथिलाञ्चलमा मनाइने छठ पर्व पूर्ण रूपमा घरेलु उत्पादनमा निर्भर रहने परम्परा रहेको छ । आफ्नै खेतबारीमा उत्पादन भएको गहुँ, चामललगायत अन्नको पिठोबाट छठका सामग्री तयार गरिन्छ । यसैबीच जनकपुरधामका बजारहरूमा अहिले बाँस र माटोबाट बनेका सामग्री खरिद गर्न भीड लागेको छ । छठका लागि बाँसका छिट्टी, नाङ्लो, कनसुपती, र माटोका घैँटा, हात्ती, सूप आदि वस्तुको बिक्री–वितरण चहलपहल बढेको छ ।

चारदिनसम्म चल्ने यो पर्व आजको ‘नहाय–खाय’ विधिबाट सुरु भएको हो । भोलि आइतबार ‘खरना’ गरिनेछ, जसअन्तर्गत व्रतधारीले दिनभर उपवास बसेर बेलुकी खीर चढाएर खाने परम्परा छ । सोमबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिइनेछ भने मंगलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै पर्व समापन गरिनेछ ।

छठ पर्वको तयारीसँगै मिथिलाका घाटहरू झिलिमिली बत्ती र भक्तजनहरूको भीडले अहिले उज्यालो र उत्सवमय बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?