ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

गाउँको जीवनः प्रेम, स्वास्थ्य र आत्मीयताको प्रतीक

७ कार्तिक २०८२, शुक्रबार
७ कार्तिक २०८२, शुक्रबार

म खासगरी चाडपर्वको बेलामा गाउँ जान रुचाउँछु । गाउँघरका उकाली–ओरालीले मन, वचन र कर्मलाई पवित्र बनाउनका लागि प्रेरित गर्छ । गाउँको खानपान, रहन–सहनले स्वास्थ्यमा पनि सकारात्मक परिवर्तन ल्याउँछ । गाउँको उकालो–ओरालो, अर्गानिक र प्राकृतिक हिँडाइले शरीरलाई चाहिने आवश्यक तत्व प्रदान गर्छ । गाउँघरको विपत्ती–रहित, रैथाने खाना, स्वच्छ हावापानी, मनमोहक वातावरणले मनै हरर बनाउँछ । त्यसैले म गाउँ जान रुचाउँछु । वास्तवमा गाउँमा आत्मीयता छ—प्रेम, भातृत्व र बाँडेर खाने संस्कृति छ ।

शहरको कोलाहलयुक्त वातावरणबाट मुक्ति पाउनका लागि पनि गाउँ जाने चलन छ । दशैं–तिहारमा गाउँ पूरै भरिएको हुन्छ । आजकलका मानिसले कसौटीमा राखेर दाउरामा पकाएको खाना मन पराउँछन् । त्यसैगरी जडिबुटी खाएको खसी–बोका, कुखुराको मासु “लोकल हो” भन्दै खान्छन् । जडिबुटी खाएका, चरेका खसी–बोकाको मासुमा शरीरलाई चाहिने तत्व सबै पाइन्छ भनिन्छ । गाउँमा पाइने गाई–भैसीको शुद्ध घिउ, मह, दूधले पनि हामीलाई निकै लोभ्याउँछ, त्यसैले म गाउँ जान मन पराउँछु । गाउँतिरको पानी पनि चोपिलो हुन्छ । अझ गाउँघरमा ढोरपाटनलगायत हिमाली भेगबाट ल्याएको आलु भेटियो भने त झन् कति स्वादिलो !

मलाई गाउँ मन पर्छ, किनभने मैले प्रविणता पत्र तहसम्म गाउँमा घास–दाउरा गरेर दुखसुख सहँदै पढेको हुँ । पढ्ने समयमा पढाइभन्दा पनि कामलाई पहिलो प्राथमिकता दिनुपर्ने बाध्यता थियो। काम सकेर मात्र समय निकालेर पढ्ने पाइन्थ्यो । त्यतिबेला गाउँमा भात पकाउने अहिलेको जस्तो ग्याँस थिएन । दाउराबाट पकाउनुपथ्र्यो। दाउरा पनि पाइँदैनथ्यो, किनभने गाउँको जनसंख्या धेरै थियो, बुट्यान कम थियो । जंगलबाट दाउरा ल्याउन निकै धौधौ पथ्र्यो । स्कूलबाट फर्कँदा दाउरा खोज्दै आउनुपर्ने बाध्यता थियो, किनभने घरमा पकाएर खानका लागि दाउराको अभाव थियो ।

गाउँमा नुहाउनका लागि साबुन पाइँदैनथ्यो । गिठ्ठाले नुहाउनुपथ्र्यो । कपडा धुने साबुन पनि पाइँदैनथ्यो । आगो बालेर खरानीको बान थापेर सिरक, खोल, कम्मललगायत ठूला कपडाहरू धुन्थ्यौँ । बनबाट पात सोरेर ल्याएर गाई–भैसीको गोठमा राखेर न्यानो पारिन्थ्यो । पछि त्यो मलको रूपमा प्रयोग हुन्थ्यो । पर्म लगाएर मल बोक्ने, बारी खन्ने, कोदो रोप्ने, कोदो–धान गोड्ने गरिन्थ्यो । पर्म नै लगाएर धान रोप्ने, गोरु ल्याउने गरिन्थ्यो ।

गाउँको जीवन नै मेहनती र दुखसहने जीवन थियो, तर मानसिक रूपमा मानिस दुखी थिएन । घरमा आगो बाल्नका लागि नजिकको घरबाट आगो ल्याएर बालिन्थ्यो। सरसापटी राम्रै चल्थ्यो ।

मलाई गाउँ मन पर्छ, किनभने गाउँमा जन्मदिन मनाउने अहिलेको जस्तो चलन थिएन । हामीले सेल–रोटी बनाएर खाएर मनाउँथ्यौँ । हिउँको समयमा बनभात खानका लागि आधा ढेउवा घिउ र एक मना चामल, अनि आलु र तरकारी लिएर जाने गरिन्थ्यो । खेतमा गएर बनभात खाइन्थ्यो—जसलाई आजभोलि “पिकनिक” भनिन्छ । बनभात खान जाँदा घिउको पर्याप्त प्रयोग हुन्थ्यो । अहिले जस्तो रक्सी–बियर होइन। हिउँमा खर काट्ने समय थियो । सो काम पनि पर्म लगाएर सकाइन्थ्यो । घर छाउनका लागि सीपालु अभिभावक दाइ–भाइहरू आउनुहुन्थ्यो । सीप भएका उहाँहरूलाई निकै सम्मानका साथ हेरिन्थ्यो र खानपानमा आदर गरिन्थ्यो ।

धान रोप्ने बेलादेखि धान भित्र्याउने बेलासम्म अर्म–पर्म लगाएर सबै काम सकाइन्थ्यो । धान थन्काउने काम गर्दा निकै रमाइलो हुन्थ्यो—दाइ हालिन्थ्यो, गोरु दौडाइन्थ्यो, परालको टौवा लगाइन्थ्यो । धेरै खेत हुनेको धेरै धान हुन्थ्यो । दुई–तीन पटक दाइ हालिन्थ्यो । त्यसैगरी कोदो रोप्न, गोड्न, काट्न, थन्काउन पनि अर्म–पर्म गरिन्थ्यो ।

गहुँ, कोदो पिस्नका लागि घट्टमा जानुपथ्र्यो । विहानै उठेर जानुपथ्र्यो । घट्टले पिस्ने बेलामा पूरै सजगताका साथ बस्नुपथ्र्यो, किनभने घट्टको घान सकिएपछि फेरि थप्नुपथ्र्यो ।

टालाले बाँधेका बल खेलिन्थ्यो, जसलाई “गोला खेल” भनिन्थ्यो । डण्डी–बियो खेल, जुन धान काटेको खेतका गरामा गाई चराउन जाने बेलामा खेलिन्थ्यो । यस्ता जीवन्त सिकाइलाई जोगाउन र हाम्रा बालबालिकालाई सिकाउन पनि हामीले गाउँ बनाउनुपर्छ, गाउँ जानुपर्छ ।

निजामती सेवाको २२ वर्षको यात्रामा पनि मलाई फेरि गाउँ नै प्यारो लाग्छ, किनभने गाउँमा माया, प्रेम, आत्मीयता, निखार, निरोगीपन, स्वास्थ्य र सन्तुष्टि छ । तर म गाउँमा बस्दा जस्तो गाउँ आज छैन । बस्ती पातलो भएको छ, खेतबारी बाझो छन् । बाँदर लागेर खेती सबै खाइदिन्छ । सबैले घर छोडिसकेका छन् । गाउँमा जनसंख्या कम भएको छ, बनजंगल बढेको छ । पहिले कुकुरले बाँदर लखेट्थ्यो, अहिले बाँदरले कुकुर लखेट्छ भन्ने सुन्न पाइन्छ ।

मित्रहरू, त्यसैले अब गाउँ फर्कने बेला भएको छ । किनभने गाउँमा बाटो पुगेको छ । तिमीले गाउँको पानीलाई बोटलिङ गरेर, ब्रान्डिङ गरेर बेच्दा पनि पैसा आउँछ । पूरै विश्वलाई अब गाउँ मन पर्न थालेको छ । गाउँमा खरले छाएको झुप्रोमा रमाउने चलन बढ्दै गएको छ । कोदो सिन्नु, गिठा, भ्याकुरको मूल्य अहिले बढी छ । पहिले गरिब–दुखीले मात्र खाने भन्ने गलत बुझाइ परिवर्तन भएको छ—रैथाने खाना नै स्वास्थ्यको आधार हो भन्ने बुझेका छन् मानिसहरूले । कोदो, फापर, मकैको आटाको रोटी, जुन घट्टमा पिसेर आगोमा पकाइन्थ्यो, त्यो नै स्वास्थ्यकर थियो ।

गाउँमा माटोमै खाने, माटोमै सुत्ने भएकाले होला, अहिले जस्तो पैसा तिरेर शरीरमा माटो दल्नु पर्ने अवस्था थिएन । अहिले पैसा तिरेर माटोमा हिँड्नुपर्छ, पैसा तिरेर माटो शरीरमा दल्नुपर्छ । त्यसकारण गाउँलाई प्राथमिकता दिऊँ ।

जिउँदा माछा खानेहरूले पोखरीमा पालेका होइन, खोलामा खेलेका माछा खान सक्छन् । इन्जेक्सन लगाएका कुखुरा होइन, जडिबुटी खाएका कुखुरा खान पाउँछन् । प्रेसरको औषधि खाएर होइन, पसिना चुहाएर नै प्रेसरको औषधि बन्न सक्छ । विदेश जानुभन्दा पहिले तिम्रो गाउँ घुम—जति तिमी गाउँ घुम्छौ, त्यति नै स्वस्थ हुन्छौ । विदेश घुम्ने टिकटको पैसाले मात्र पनि तिमी गाउँ घुम्न सक्छौ ।

तिमी गाउँ घुम्न थालेउ भने तिम्रो अहंकार पनि घट्छ । मैले देखेको छु, दूध दुहेर पाल्टी समातेको फोटो खिच्न रहर छ भने, अलिकति प्रयास गरेउ भने तिमी आफैं दूध दुह्न सक्छौ ।

गाउँको जीवनलाई उद्यमशीलतासँग पनि जोड्न सकिन्छ, जसको उदाहरण हो—रिब्दिकोट गाउँपालिका–३, खस्यौली, पाल्पामा रहेको सिर्जना फार्म । जहाँ पुराना, हाम्रा घरजस्तै मौलिक ढाँचाका घरमा एट्याच बाथरूमसहित अमेरिकनलाई स्वागत गरिन्छ । सिर्जना फार्म एउटा पूर्ण गाउँ हो—जहाँ खेतबारी, धान, कोदो, मकै, बाख्रा–भैसी, दूध, घिउ, मह, पनीर, कुखुरा सबै रैथाने स्वरूपमा उपलब्ध छन् ।

तिमीसँग भएको ज्ञान, धन, सम्पत्तिलाई अलि बुद्धिपूर्वक व्यवस्थापन गरेउ भने तिमीलाई प्रेसरको औषधि खानु पर्दैन, कुण्ठायुक्त जीवन बाँच्नुपर्दैन । तिमीले प्राप्त गरेको डिग्रीको पनि सही उपयोग हुन्छ । तिमी उद्यमशील बन्छौ । नीति–निर्माताले पनि सोच्नुपर्छ—हामी व्यक्ति धनी हुने, तर देश किन नबन्ने ? हाम्रो डिग्री सैद्धान्तिक मात्र हो कि व्यवहारिक ? व्यवहारिक हो भने गाउँ बन्नैपर्छ । जबसम्म हामीले हाम्रो गाउँ बनाउँदैनौं, तबसम्म हाम्रो योग्यताको खासै मूल्य रहँदैन । माटो छुन मन नलाग्ने डिग्रीले देश बन्दैन, र साँचो अर्थमा हामी पनि बन्दैनौं । गाउँको माटोमा पसिना चुहाउने हो भने मान्छेको इगो घट्छ । हाम्रो विज्ञता र अनुभवसँग गाउँलाई जोडौं । एकपटक गाउँ फर्केर हेरेऊ—तिम्रो खोला, खेतको हालत ? शहरको सुविधा गाउँमा लिएर पनि तिमी गाउँ बनाउन सक्छौ ।

हामी पश्चिमीकरणको दलदलमा भासिँदै गाउँप्रति विकर्ष पैदा गरेका छौं । स्वाद चाहिन्छ “लोकल”, तर लोकल उत्पादन गर्न हिच्किचाउँछौं । यस्तो पाराले हाम्रा सन्तानले पनि दुख पाउँछन् । त्यसकारण ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन हामी सबैले गाउँको विकास र समृद्धिका लागि पहल गर्नैपर्छ । तिमी रोज—विष खाने कि अमृत? अमृतका लागि ग्रामीण अर्थतन्त्र चलायमान बनाउनु पर्छ ।

हाम्रो पर्वत जिल्लाबाट संविधानसभाका सदस्य विकास लम्सालज्यू—उहाँको घर फलेबास हो । काठमाडौंमा घर भए पनि उहाँ अधिकाँश समय गाउँमै बस्नुहुन्छ र कृषि कर्ममा सक्रिय हुनुहुन्छ । ज्ञानलाई कर्ममा रूपान्तरण गर्ने अभियानमा लाग्नुभएको छ। यस्ता उदाहरण हामीसँग पनि छन् ।

निष्कर्षः

हामी आफूलाई रिभाइज गरौं, हाम्रो अध्ययनलाई रिभाइज गरौं, हाम्रो मानसिकतालाई हेरौं, नीतिलाई पुनरावलोकन गरौं । पहिले आफूबाट सुरु गरौं। सरकार भनेको हामी सबै हौं । गाउँमा पानी छ, बिजुली छ, बाटो छ—सबै पुगेको छ । केवल हाम्रो विचार नपुगेको हो, इच्छाशक्ति नजागेको हो । त्यसकारण आफू र आफ्नो पिढीको भविष्य सुरक्षितका लागि पनि गाउँ फर्कनुपर्छ है साथी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?