© २०२३
पाल्पा ७ कात्तिक ।
पाल्पामा दुई मोटरसाईकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन । मृत्यु हुनेमा बगनासकाली गाउँपालिका वडा नं. ९ का २८ बर्षीय अर्जुन वि.क. रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होम प्रकाश चौधरीले जानकारी दिए । मृतक वि.क. लु १३ प ८६३५ नम्वर मोटरसाईकलको पछाडी सवार थिए ।
तानसेनबाट रामपुर तर्फ जादै गरेको लु १३ प ८६३५ नम्वरको मोटरसाईकल र विपरित दिशाबाट आएको लु ७७ प ४५०५ नम्वरको मोटरसाईकल कालीगण्डकी करिडोरको तुरुङ्दीखोलामा एक आपसमा ठक्कर खाई शुक्रवार दिउसो साढे २ बजे दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाईते भएका ४ जनाको रामपुर अस्पतालमा उपचारको लागीलगिएकोमा घाईते अर्जुन वि.क. लाई अस्पतालका चिकित्सकले मृत घोषणा गरे । अन्य ३ जनाको रामपुर अस्पतालमै उपचार भईरहेको छ उनीहरुको अवस्थामध्यम रहेको अस्पतालले जनाएको छ ।
घाईते हुनेहरुमा लु १३ प ८६३५ का चालक बगनासकाली ९पाल्पाका ५१ बर्षीय विष्णु प्रसाद वि.क., लु ७७ प ४५०५ कार चालक स्याङ्जाचापकोट नगरपालिका ९ का २९ बर्षीय विवेक भट्टराई र पछाडी सवार तिलोत्तमा नगरपालिका ५ मणिग्राम रुपन्देहीका दिपक पाण्डे रहेको पाल्पा प्रहरीले जनाएको छ ।