© २०२३
गुल्मी, ७ कात्तिक ।
गुल्मीको चन्द्रकोट गाउँपालिका–५ किटनीमा गए राति आगलागी हॅुदा एउटा गोठ जलेको छ । चन्द्रकोट -५ निवासी ६८ वर्षीय धनबहादुर बिटालुको गोठ आगलागीबाट पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
आगलागीबाट गोठभित्र रहेका १४ वटा बाख्रा र ६ वटा कुखुरा जल्नुका साथै गोठ भित्र राखिएको अन्नपात समेत जलेर नष्ट भएको छ।
रातको समयमा अनियन्त्रित रूपमा फैलिएको उक्त आगो लामो समयको प्रयासपछि स्थानीयवासीहरुको सहयोगमा राति अबेरपछि पूर्ण रूपमा नियन्त्रणमा आएको बताइएको छ । आगलागीको कारण भने अझै खुल्न सकेको छैन ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
