© २०२३
काठमाण्डौ –
दाङको सौडियारमा भाईटीकाको दिन तास खेल्ने १२ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–७ सौडियारमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दिनेश चौधरीको घरमा पैसाको हारजित हुने गरी तास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । जुवाको खालबाट एक लाख ३२ हजार रुपैयाँ र १४ गड्डी तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जुवाको खालबाट नगद र ताससहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।