ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

भाइटीका लगाउँदा के गर्ने, कुन दिशामा फर्केर लगाउने ?

६ कार्तिक २०८२, बिहीबार
६ कार्तिक २०८२, बिहीबार

बुटवल, ६ कात्तिक ।

आज यमपञ्चकको अन्तिम दिन अर्थात् कात्तिक महिनाको द्वितीया तिथि । आफ्ना दिदी बहिनीहरूले दाजु भाइहरूको सुस्वास्थ्य दीर्घायुको कामना गर्दै भाइटीका लगाउने दिन हो ।

भाइटीका लगाउनु भन्दा अगाडी कुन–कुन देवताको पूजाअर्चना गरेर कस्तो विधि अपनाउने ? भाइटीका लगाउँदा कुन-कुन सामग्रीको आवश्यकता पर्दछ ? यहाँ छोटकरीमा चर्चा गरिनेछ ।

शास्त्रहरूमा वर्णन गरिए अनुसार सूर्य भगवान्को पुत्र भनेको यमराज । अनि छोरी भनेको यमुना । यमराज यमलोकमा बस्नु हुन्छ भने यमुना पृथ्वीमा बस्नुहुन्छ ।

एक दिन आफ्नो बहिनीलाई भेट्नका लागि यमलोकबाट यमराज पृथ्वीमा आइपुगेको कथन छ । त्यसै अवसरलाई हामीले यमपञ्चक भन्ने गर्दछौँ ।

पाँच दिनसम्म यमुनाले आफ्ना दाजुलाई अत्यन्त दिव्य तरिकाले स्वागत सम्मान गर्नुभयो । यमपञ्चक समाप्त भइसकेपछि जान लाग्दा खेरी, ‘हे बहिनी, तिम्रो स्वागत र सत्कार देखेर अत्यन्त प्रसन्न भएँ । तिम्रो के इच्छा छ ?’ भनेर सोध्नुभयो ।

यमुनाले भनिन्, ‘हे दाजु, प्रत्येक वर्ष हजुर पाँच दिनका लागि यमलोकका सम्पूर्ण कार्यहरू छोडेर हजुर पृथ्वीमा आउनुहोस् । र, यस्तै प्रकारबाट हजुर र हामीहरू बसेर अत्यन्त उत्सव मनाऔँला ।’ भनेर यही कुरा निवेदन गर्नुभयो । सोही दिनबाट यमपञ्चक प्रारम्भ भएको हो ।

अर्को प्रसङ्ग अनुसार बलि राजाले आफ्ना दस दिक्पालहरूलाई आफ्ना सेवकहरूलाई पृथ्वीको हालखबर बुझ्नका लागि यो समयमा पठाउनुहुन्छ । हामीले देउसी भैलो खेल्दा खेरी पनि हामीहरूले पनि उक्त वचनलाई हामीहरूले भन्ने र सुन्ने गर्दछौँ ।

  • यस दिन हामी के–के कर्महरू गर्नु पर्दछ त ? 

भाइटीकाको बिहान ब्रह्म मुहूर्तमा उठेर स्नान गर्नु पर्दछ । शुद्ध वस्त्र धारण गर्नु पर्दछ । यस्तो प्रकारबाट हामीहरूले भाइटीकाको उत्तम साइतमा दियो, कलश गणेशको स्थापना गर्ने, अष्टचिरञ्जीवीको स्थापना गर्ने ।

सर्वप्रथम हामीले फूल, अक्षता, थालीको तयारी गर्ने, अर्घको पूजा गर्ने । त्यो अर्घ सूर्य भगवान्लाई थोरै जल अर्पण गरिदिने ।

ओम दीप नारायाणाय नमः भनेर दियोको पूजा गर्ने । 

ओम वरुण कलशाय नमः भनेर कलशको पूजा गर्ने । 

अनि बिचमा गणेश भगवान्को स्थापना गर्ने । ओम गण गणपताय नमः गणेश भगवान्को पूजा अर्चना गर्ने ।

कलशको मुखमा आफ्ना सम्पूर्ण इस्ट देवता, कुल देवता, सम्पूर्ण देवी देउताहरूको स्मरण गर्दै त्यहाँ चन्दन फूल अक्षता चढाएर पूजा गर्नु पर्दछ ।

धूप, बत्ती, नैवेद्य अर्पण गरिसकेपछि सम्भव भएसम्म छुट्टै कलश, छुट्टै थाली स्थापना गरेर त्यहाँ मार्कण्डेय आदि गरेका चिरञ्जीवीहरूको पूजा अर्चना गर्नु पर्दछ ।

यदि त्यो थाली कलशको स्थापना गर्न सम्भव भएन भने जहाँ हामीले दियो, कलश, गणेशको स्थापना गरिराखेका छौँ, त्यही कलशको मुखमा हामीले अष्टचिरञ्जीवी स्मरण गर्दै आफ्नो दाजु भाइको सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै अष्टचिरिञ्जिवीको पूजा अर्चना गर्नु पर्दछ ।

धूप, बत्ती, नैवेद्य सबै कुराहरू अर्पण गरिसकेपछि सर्वप्रथम बिमिरोको पूजा गर्ने, ओखरको पूजा गर्ने, आफ्नो दाजुभाइलाई बिचमा राखेर सात पटक तेलको धारा नटुटाईकन लगाउनु पर्दछ ।

यसको धार्मिक मान्यता के रहेको छ भने मेरो कर्म समाप्ति नहुन्जेलसम्म मेरा दाजुभाइको दीर्घायु होस् भनेर यस्तो प्रकारबाट कामना गर्दै सात पटक परिक्रमा गरेर तेलको धारा लगाउनु पर्दछ ।

  • कुन दिशामा फर्केर लगाउने ? 

दिदीबहिनीले पश्चिमतिर फर्केर टीका लगाउनु पर्दछ । अब आफ्ना दाजुभाइका लागि दिदी बहिनीहरूले फूल अक्षता, धूप, बत्ती, नैवेद्य लगायत सबै कुराहरूबाट पूजा अर्चना गर्नु पर्दछ ।

यदि दिदी, बहिनीहरूले ढाका टोपी ल्याउनु भएको भने टीका लगाउनु भन्दा अगाडिदेखि ढाका टोपी लगाइदिने । अनि सगुन र दही खान दिने । त्यसपश्चात् सप्तरङ्गी टीका र माला लगाइदिनु पर्दछ । दाजुभाइले पनि दिदी, बहिनीहरूका निम्ति पनि द्रव्य, दक्षिणाहरू, भेट उपहारका सामान प्रदान गरेर दिदी, बहिनीहरूका पाउमा ढोगी दिनु पर्दछ । दिदी, बहिनीहरूले पनि आफ्ना दाजु भाइका निमित्त ल्याउनु भएका मीठा परिकारहरू, फलफूलहरू, मिठाइका परिकारहरू, आफ्ना दाजुभाइका निम्ति अर्पण गर्नु पर्दछ ।

उपहार साटासाट गरेका वस्तुहरू दिदी, बहिनीले दाजु भाइको लिनु हुँदैन । दाजु भाइले दिदी, बहिनीको लिनु हुँदैन । दिइसकेपछि फिर्ता गर्ने कर्म गर्नु हुँदैन । यस भाइटीकामा भुलेर पनि गर्न नहुने कुरा

  • पहिलो नम्बर, यस दिन हामीले तामसिक भोजन गर्नु हुँदैन । सात्त्विक भोजन गर्नु पर्दछ ।
  • दोस्रो, विशेष गरेर टीका लगाउनु भन्दा अगाडी सबै जना शुद्ध मुखमा भएर बसेर मात्र टीका लगाउनु पर्दछ ।
  • तेस्रो, दाजुभाइले आफ्ना दिदी बहिनीका निम्ति चित्त दुख्ने बचनहरू बोल्नु हुँदैन । दिदी बहिनीले पनि दाजुभाइका निम्ति मन दुख्ने कुरा गर्नु हुँदैन ।

भाइटीका भनेको अत्यन्त सौहार्दपूर्ण वातावरणमा मनाइने पवित्र कर्म भएका कारण दाजुभाइ–दिदी बहिनीबिच सम्बन्ध प्रगाढ बन्दै जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?