Butwal Today

राष्ट्रपति पौडेलद्वारा गौ पूजा

५ कार्तिक २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, ५ कार्तिक ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसँगै आज गाई पूजा गरेका छन् ।

कात्तिक कृष्णऔँसी अर्थात् गाईतिहारको दिन देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरी समृद्धि र शुभताको कामना गर्ने परम्परा रहिआएको छ ।

यसै परम्पराअनुसार राष्ट्रपति पौडेलले आज शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरेर गाईलाई खानेकुरा अर्पण गरेका हुन् । राष्ट्रपतिको सचिवालयका अनुसार, पूजा कार्यक्रम धार्मिक विधि र परम्परागत संस्कारअनुसार सम्पन्न गरिएको थियो ।